१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाही कांग्रेसको वडा अधिवेशनमा फेरी झडप, मतदान अधिकृत ७ प्रहरी,१ स्थानिय सहित ९ घाइते – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

सर्लाही कांग्रेसको वडा अधिवेशनमा फेरी झडप, मतदान अधिकृत ७ प्रहरी,१ स्थानिय सहित ९ घाइते

सर्लाही,१३ मंसिर । सर्लाही काँग्रेसको वडा अधिवेशनमा फेरी झडप भएको छ । झडपमा परी ९ जना घाइते भएका छन । भने दुई जना गम्भिर घाइते भएका छन । सोमवार सर्लाहीको बलरा नगरपालिका वडा नं. ८ गडहिया डुमरियामा कांग्रेसको वडा अधिवेशनको क्रममा झडप हुँदा मतदान अधिकृत, प्रहरी निरीक्षक सुरेश ठाकुर, प्रहरी नायव निरीक्षक अरुण कुमार यादव, दुई जना प्रहरी हवलवदार र ३ जना प्रहरी जवान र १ जना स्थानिय गरी ९ जना घाइते भएको जिल्ला प्रहरी कर्यालय सर्लाहीले जनाएको छ ।

कांग्रेसकै एक समूहले विद्यालय अर्का समुहले वडामा अधिवेशन गर्नुपर्ने र आफूहरुसँग बहुमत रहेको भन्दै मतदान अधिकृत उमेशचन्द्र झालाई नियन्त्रणमा लिएर एकलौटी हिसाबले अधिवेशन गराउन खोजेपछि झडप भएको हो। प्रहरीले मतदान अधिकृत झालाई उद्धार गरेर प्रहरी कार्यालयमा लान खोज्दा कांग्रेस कार्यकर्ताले ढुङ्गामुढा गरेका थिए।

झडपलाई नियन्त्रणमा लिनका प्रहरीले सात राउन्ड अश्रुग्याँस समेत प्रहार गरेको प्रहरीले जनाएको छ। ढुङ्गामुढामा परेर मतदान अधिकृत झा र प्रहरी नायव निरीक्षक यादव गम्भिर गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए । गम्भिर घाइते मतदान अधिकृत झा र प्रहरी नायव निरीक्षक(सई) यादवको जिल्ला अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागि बिरगंज रेफर गरिएको प्रहरी प्रवक्ता बुढाथोकीले बतााए ।

अधिकृत झाको टाउकोमा गम्भीर चोट लागेको भने सई यादवको हात भाचिएको छ। अन्य प्रहरीहरु समान्य चोट लागेको प्रहरीले जनाएको छ। घाइते सबैजनाको सर्लाही अस्पताल मलंगवामा उपचार भइरहेको छ। स्थिति अहिले समान्य रहेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे बिस्तृत जानकारी आउन अझै बाँकी रहेको छ।

आइतबार साँझ मात्र बलरा नगरपालिका वडा नं. ९ अचलगडमा नेपाली कांग्रेसको वडा अधिवेशन स्थलमा कांग्रेसका दुई पक्षीय कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका थिए । सीताराम निमावि पुगेका नेपाली कांग्रेसका नेता तथा प्रदेश २ का महिला, बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंह सहितको समूह र अर्को समूहबीच झडप भएको थियो ।

झडपमा मन्त्री सिंहको सुरक्षाका लागि खटिएका एक जना सुरक्षाकर्मी र अर्का एक कार्यकर्ता घाइते भएका हुन् । आइतवार र सोमवारका विवादका कारण बलराको वडा नं. ८ र ९ गरी २ वडाको अधिवेशन रोकिएको छ ।

११ वडा रहेको बलरामा अन्य ५ वडामा सहमति भईसकेको छ ।यसअघि गत शनिबार सदरमुकाम मलंगवास्थित पार्टी कार्यालयमा पनि दुई पक्षबीच विवाद हुँदा मन्त्री सिंहका अंगरक्षकले इतर पक्षका नेता बलिराम झा र विनोद खनालमाथि पेस्तोल ताकेको थियो । जसका कारण झडप नै हुन पुगेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.