१५ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
आड्रा नेपाल र बागमती सेवा समाजको नेपालको सहयोगमा प्रजनन् स्वास्थ्य शिविर सम्पन्न – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

आड्रा नेपाल र बागमती सेवा समाजको नेपालको सहयोगमा प्रजनन् स्वास्थ्य शिविर सम्पन्न

२ पौष, धनुषा ।आड्रा नेपाल र बागमती सेवा समाज नेपाल हरिवन, सर्लाहीद्वारा सञ्चालित WISH-II परियोजना अन्तर्गत २ दिने प्रजनन् स्वास्थ्य शिविर धनौजी गाउँपालिकाको आयोजनामा सम्पन्न भएको हो ।

२ दिन सम्म चलेको चलेको उक्त स्वास्थ्य शिविरमा बिरामीको संख्या ३०१ रहेको थियो ।जस मध्ये पाठेघर आङ खस्ने समस्या भएका महिलाको संख्या १५५ जना रहेको छ । त्यस मध्ये पहिलो डिग्री भएका ११ जना, दोस्रो डिग्री १० जना, तेस्रो डिग्री २ जना र rectocele/cystocele–१३ जना रहेका थिए । त्यस्तै गरी Ring Pessary लगाएको जम्मा संख्या १० पुगेका छ भने पाठेघर मुखको क्यान्सर (NIA) सम्बन्धी परिक्षण १८ जनाले गरेका मध्ये १ जनाको पोजिटिभ देखिएको छ ।

परिवार नियोजन सम्बन्धी परामर्श र अस्थायी गर्भ निरोधक सेवाहरु लिएको सेवाग्राहीहरुको संख्या ३६ रहेको छ । (कन्डम –८, पिल्स–१२, डिपो प्रोभेरा–५, ईम्प्लान्ट–९, आईभिसिडी–२) । त्यस्तै गर्भवती र सुत्केरी सेवाग्राही महिलाको संख्या २६ रहेका थिए जसमा एएमसि क्याटेगोरीका २२ तथा पिएमसि ४ थिए ।

धनौजी गाउँपालिका अध्यक्ष राज कुमार साह भन्छन्,“ बागमती सेवा समाज नेपाल र आड्रा नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा यस्ता प्रजनन् स्वास्थ्य शिविरबाट हाम्रा महिला दिदीबहिनीहरुले स्वास्थ्य सेवा पाईरहेको छ । यसको लागि म धन्यवाद दिन चाहन्छु । आगामी दिनमा पालिका आफैंले पनि कार्यक्रम बनाई गाउँ परिषदबाट बजेट विनियोजन गरी महिला दिदीबहिनीहरुका लागि सेवा दिन शिविर गर्ने प्रतिबद्धता गर्न चाहन्छु ।”

उक्त शिविरमा पोषण सम्बन्धी परामर्श सेवा लिनेको ५४ जना थिए भने मनोविमर्श सेवा लिनेको संख्या ४९ जना रहेको बागमती सेवा समाज नेपाल निमित्त कार्यकारी निर्देशक सुनिल साहले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.