१३ चैत्र २०८०, मंगलवार | Email:- [email protected] | [email protected]
चन्द्रनगरमा घरदैलो तथा सचेतना कार्यक्रम सम्पन्न – Nigrani Today
प्रदेश २समाचारसमाजस्थानीय

चन्द्रनगरमा घरदैलो तथा सचेतना कार्यक्रम सम्पन्न

सर्लाही,१३ मंसिर । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा ¥याली, घरदैलो तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत वडा नं. ७ मा मछिया माई महिला समुहले सचेतना कार्यक्रम गरेको हो ।

सोमवार युएन वोमनको सहयोग र भिसिडिसीको सहकार्यमा भिसिडिसीको संयोजक लक्ष्मी कुमारी सिंह अध्यक्षतामा लैङ्गिक हिंसा विरुद्ध विभिन्न किसिमको सचेतना मुलक कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा सहभागि समुहहरुले महिलाको न्यायमा पहुच, न्यायिक समितिको कार्यहरुको विवरण सहितको पोष्टर, लैङ्गिक हिंसा सम्बन्धी विभिन्न विभिन्न जानकारी समेटेर ¥याली, घरदैलो तथा सचेतना कार्यक्रम गरिएको मछिया माई महिला समुहका कोषाध्यक्ष मञ्जु सिंहले जानकारी दिएकी छन ।

सचेतना कार्यक्रममा चन्द्रनगर गाउँपालिकाकी उपाध्यक्ष विणा देवी साह, १ नं. का वडा सदस्य बिलटुनिया देवी महरा, ७ नं. वडा सदस्य कृष्णा बती ढांगर, मछिया माई महिला समुहका अध्यक्ष रेणुका कुमारी सिंह, लगायत अन्य महिलाहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.