२६ बैशाख २०८१, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
बसबरीयमा आयआर्जनका लागी ४२ घर मुसहर लाई साप नेपालद्वारा बंगुर, बाख्रा र पाडी सहयोग – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

बसबरीयमा आयआर्जनका लागी ४२ घर मुसहर लाई साप नेपालद्वारा बंगुर, बाख्रा र पाडी सहयोग

बसबरीया,२० असार। सर्लाहीको बसबरीया गाउँपालिका वडा नं ३ को मुसहर वस्तीका मुसहर महिलाहरुलाई साउथ एसिया पार्टनशिप नेपाल (साप नेपाल) ले पशु वितरण गरेको छ ।

मुसहर समुदाएलाई पशुपालन मार्फत आयआर्जन गरेर जिविकोपार्जन गर्ने उदेश्यले बंगुर, बाख्रा र पाडी वितरण गरेको साउथ एसिया पार्टनर नेपालका प्रादेशिक संयोजक जनक कार्कीले बताउनुभयो । मुसहर समुदायमा सामुहीक रुपमा पशुपालनका लागी साप नेपालले ३ लाख बराबरको रकम सहयोग गरेको कार्कीले बताउनुभयो ।

समुदायमा ३१ उन्नत नश्लको बंगुर ८ वटा बाख्रा र ३ बटा पाडी बितरण गरेको । उक्त पशुपाल्नको लागी खोर मुसहर समुदायले आफैले खोर बनाएका छन !
बिगतमा मुसहर समुदाय चरम आर्थिक अभाव र गरीविले विहान वेलुकाको छाक टार्न सिङगो परिवारनै दैनिक ज्याला मजदुरी गर्न ईटा भट्टामा जाने गरेका थिए । यसरी परिवारका सदस्यहरु जिल्ला बाहिर गएर ईटा भट्टामा काम गर्न जाने भएकाले उनिहरुका बालबालिकाहरु पढन पाएका थिएनन् । तर समुहमा बसेपछि हाल समुदायका सबै जना मुसहर बालबालिकाहरुलाई जन्म दर्ता गरेर बिद्यालय जान थालेका छन ।

पहिले नगरिकता,जन्म दर्ता नभएको कारण सरकारले दिने सेवा सुबिधा बाट समेत बन्चित हुनु परेकोले बिगत एक बर्ष देखी साप नेपालले जन्मदर्ता र बिद्यालय भर्ना अभियान चलाउदै आएको थियो । हाल मुसहर समुदाय बाख्रा, बंगुर र पाडा पाडी पालेर गाँउमै बसेर आयाआर्जन गरेर आफ्ना बालबालिकाहरुलाई बिधालयमा पठाउन थालेका छन ।

पालिका संगैको अरुले दिएको सागुरो बस्तिमा धेरै मानिसहरु बसोबास गर्ने भएकोले बस्नको लागी समस्या भएको समुहकी अध्यक्ष सीता माझीले बताउनुभयो । उनिहरुको आफ्नै घर जग्गा नभएकोहुदा बाख्रा, बंगुर पाल्न समस्या भएको समुहकी अगुवा मन्मा देवी माझीले बताउनुभयो ।
पालिकाले पनि मुसहर समुदायलाई खासै चासो नदिएको दलित वडा सदस्य सीता माझीले बताउनुभयो ।

अन्डेफको आर्थिक सहयोग र साप नेपालको आयोजनामा संचालीत लैङ्गिक उत्तदायी सुशासन प्रबद्र्धन कार्यक्रम अन्तर्गत बसबरीयामा मुसहर महिला शक्तिकरण मञ्चका सदस्यहरुलाई जेन्डर, समुह व्यवस्थापन, नेतृत्व विकास, सामाजिक मुल्य मान्यत, बाल विवाह, बहु विवाह बिरुद्ध सचेतना कार्यक्रम संचालन गर्दै आएको छ । यसका साथै स्थानीय योजना निर्माण तथा लैङ्गिक उत्तरदायी वजेट सम्बन्धीमा अनुसिक्षण कार्यक्रम र रिफ्लेक्ट कक्षाहरु संचालन गर्दै आएको साप नेपालकी रिना बिष्टले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.