१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
बरहथवामा राष्ट्रिय परिचय पत्र अभियान आज बाट सुरु – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

बरहथवामा राष्ट्रिय परिचय पत्र अभियान आज बाट सुरु

सर्लाही,१५ फागुन । सर्लाहीमा राष्ट्रिय परिचय पत्र अभियान अन्तिम चरणमा पुगेको छ । सर्लाहीको २० वटै स्थानिय तहरुह मध्ये १८ वटा पालिकामा राष्ट्रिय परिचय पत्र अभियान सम्पन्न भइसकेको छ भने दुई वटा पालिकाहरुमा अझै संचालनमा रहेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

आइतवार बरहथवा नगरपालिकामा २० औं पालिकाको रुपमा राष्ट्रिय परिचय पत्र अभियान कार्यक्रम सुरु गरिएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षतामा बरहथवा नगरपालिकामा विभिन्न व्यक्तिहरुको उपस्थितिमा राष्ट्रिय परिचय पत्र अभियान सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम समेत सम्पन्न गरिएको छ ।

 

यो सँगै बरहथवा नगरपालिकामा आज बाट २० औं पालिकाको रुपमा राष्ट्रिय परिचय पत्र अभियान सुरु भएको जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर मुकेश यादवले जानकारी दिनुभयो ।

अभिमुखिकरण कार्यक्रममा बरहथवा नगरपालिकाका नगर प्रमुख देवानन्द महतो, उप प्रमुख सिता देवी माझी, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाई, सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ, उप. अ.नि. का चन्दन कुमार झा, बरहथवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत,शिक्षकहरु, वडा अध्यक्षहरु लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.