१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा पनि स्वास्थ्य सेवा दिवस मनाइयो – Nigrani Today
ताजा खबरमधेश प्रदेशशिक्षा स्वास्थ्यसमाचारसमाजस्थानीय

सर्लाहीमा पनि स्वास्थ्य सेवा दिवस मनाइयो

प्रेमनाथ पौडेल
सर्लाही,१५ फागुन । स्वास्थ्य भनेको संक्रमण, घाउ, चोटपटकबाट मात्र मुक्त हुनु होइन । यो त शारीरिक सहित मानसिक, सामाजिक तथा आध्यात्मिक हिसावले पूर्ण सन्तुष्ट एंव स्वस्थ्य हुनु हो । नेपालमा स्वास्थ्य सेवा ऐन आएको दिन (फागुन १५ ) लाई स्वास्थ्य सेवा दिवसको रुपमा मनाइने गरिन्छ ।

सर्लाहीमा गुणस्तरीय स्वास्थ्य सेवा,हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ २४आंै स्वास्थ्य सेवा दिवस २०७८ मनाइएको छ । आइतवार सर्लाहीको हरिपुर नगरपालिका र हरिवन नगरपालिकामा २४औ स्वास्थ्य सेवा दिवस मनाइएको छ । हरिपुरमा हरिपुर नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा नगर प्रमुख जमेरुदिन मंसुरको अध्यक्षतामा गुणस्तरिय सेवा कसरी दिन सकिन्छ भने विषयमा छलफल गरी २४औ स्वास्थ्य सेवा दिवस मनाइएको स्वास्थ्य शाखाका सह–संयोजक नरेश ठाकुरले जानकारी दिनुभयो ।

स्वास्थ्य सेवा ऐन आउनु भन्दा पहिले नेपाल सरकारका स्वास्थ्य सेवाका कर्मचारीहरु निजामती सेवा ऐनबाट नै निर्देशित नियन्त्रित थिए । स्वास्थ्य सेवा विशेष सेवा भएको, स्वास्थ्यकर्मीहरुलाई दुर्गम क्षेत्रमा पठाउनको लागि प्रोत्साहन गर्न छुट्टै ऐनको आवश्यकता महसुश गरी स्वास्थ्य सेवा ऐन २०५३ ल्याइएको हो ।

स्वास्थ्य सेवा ऐन जनसाधारणको लागि अत्यावश्यक सेवा भएकोले यस सेवालाई बढी सक्षम, सुक्ष्म, सेवामूलक र जनउत्तरदायी बनाउन स्वास्थ्य सेवाको गठन सञ्चालन र सेवाको शर्त सम्बन्धी व्यवस्था गर्न वान्छनीय भएकोले यो ऐन बनेको छ भनी स्वास्थ्य सेवा ऐनको प्रस्तावनामा उल्लेख गरिएको छ ।

ऐनमा स्वास्थ्य सेवा भन्नाले दफा ३ मा गठन गरिएको स्वास्थ्य सेवालाई सम्झनु पर्नेछ भनिएको छ । दफा ३ मा नेपाल स्वास्थ्य सेवा नामको एक सेवा गठन गरिएको छ भन्ने व्यवस्था छ । स्वास्थ्य सेवामा रहने पदहरुको विषयमा दफा ४ मा अधिकृत तहमा बाह्रौैँ, एघारौँं, दशौं, नवौं, आठौं, सातौं, छैठौं रहेका छन भने सहायक तहमा पाँचौं, चौथौं, तेश्रो तहका पदहरु राखिएका छन । पछिल्लो संशोधनबाट शुरु तह चौथौं राखिएको छ ।

स्वास्थ्य सेवाका कर्मचारीहरुको नियुक्ति, पदस्थापन, सरुवा, वढुवा, स्तरवृद्धि, विभागीय कारवाही, विदाको व्यवस्था, स्वास्थ्य कर्मचारीको आचरण, अनुशासन, उपचार खर्च आदि कर्मचारी प्रशासन मानव श्रोत व्यवस्थापन सम्बन्धी सबै कार्य स्वास्थ्य सेबा ऐनबाट हुँदै आएको छ । स्वास्थ्य सेवामा २७ समूह ४५ भन्दा बढी उपसमूह रहेका छन ।

आजको दिनमा आउन नयाँ स्वास्थ्य नीति २०४८ आइसकेपछि वि. २०४८ सालमा सरकारी स्तरबाट पनि स्थानीय स्तरमा स्वास्थ्य सेवालाई नागरिकको पहुचमा पु¥याउने गरी सेवा विस्तार गरियो । त्यस्तै स्वास्थ्य सेवामा निजी क्षेत्रलाई पनि प्रवेश गराइयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.