१६ चैत्र २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
महिला दिवसको अवसरमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

महिला दिवसको अवसरमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण

सर्लाही,२४ फागुन ।सर्लाहीमा विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहेको छ । सोहि अवसरमा आज सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. २ पुनर्वासमा ९५ जना विद्यार्थीहरुलाई ब्याग वितरण्को गर्नु साथै शैक्षिक तथा खेलकुद सामाग्री फूटबल ,ब्याडमिन्टन लगायतको सामग्री वितरण गरिएको छ ।

समाज सेबि कृष्ण कान्त ठाकुरको बिशेष पहलमा सहलेस प्राथमिक बिद्यालय लालबन्दी २ पुनर्बासको प्राङ्गणमा ९५जना स्कुलले विद्यार्थीहरु शैक्षिक सामग्री वितरण गरिएको बहुजन समाज एकता पार्टीका बरिष्ठ नेता राजाराम पासवालले जानकारी दिनुभयो ।

कार्यक्रममा समाजसेवी रन्जिता गुरुङ ,नायक श्री देब भट्टराई ,संचार कर्मी सोनित राज ढुङ्गेल , राज लुइँटेल ,समीर बुढाथोकी, प्रधानाध्यापक राशी पासवान, समाजसेवी गोबिन्द पासवान,राधेश्याम पासवान ,ईलाका प्रहरी कार्यालय लालबन्दी प्रमुख निर्मल थापा लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

हरेक वर्ष मार्च ८ का दिन मनाईदै आएको दिवस यसपटक ‘११२औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस भव्यताका साथ सर्लाहीमा पनि मनाइदै छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.