हरिपुर्वा नगरपालिकामा साक्षरता कक्षा संचालन

सर्लाहीको हरिपुर्वा नगरपालिकामा विद्यालय छोडेको करिब ४ सय २५ जना बालबालिकालाई पुनः विद्यालय पठाउनको लागी उत्प्रेरणा साक्षरता कक्षा संचालन आज एक कार्यक्रमको बिच नगर प्रमुख बिनोद कुमार साहले उद्धघाटन गर्नुभएको छ । वल्र्डभिजन इन्टरनेशनल नेपाल र बागमती सेवा समाजको साझेदारीमा संचालीत बाल संरक्षण तथा समुदाय सग्लनता स्पोन्सर शिप परियोजना अन्तर्गत हरिपुर्वा नगरपालिकाको वडा नम्बर ५ र ९ बाट आज साक्षरता अभियान शुरुभएको बागमति सेवा समाजको कार्यक्रम संयोजक प्रमेश वादेले जानकारी गराउनुभएको छ ।
त्यस्तै पर्सा गाउपालिकामा पनि वडा नम्बर १ देखी ६ सम्ममा २ सय ७५ जना बालबालिका उत्प्रेरणा साक्षरता कक्षामा सहभागीता भएको छ । कक्षा संचालनको लागी ११ जना साक्षरता सहजर्कताले ३ महिना सम्म कक्षा चलाउने भएको छ । प्रत्येक वडाबाट करिब ५ बर्ष देखी १२ बर्ष सम्मको ५० जना बालबालिका यस अभियानबाट प्रभावित हुनेछ । तिन महिना सम्म चल्ने यस उत्प्रेरणा साक्षरता कक्षा संचालनको लागी प्रत्येक वडामा २ जना साक्षरता सहजर्कता को व्यवस्थापन गरिएको संयोजक वादेले जानकारी गराए ।
” अभिभावकलाई सम्वाेधन गर्दै हरिपुर्वा नगरपालिकाका नगर प्रमुख विनाेद कुमार साह भन्नुहुन्छ,” बागमती सेवा समाज र वल्ड भिजनले गरेकाे याे कार्यक्रम बालबालिका हाम्राे समाजकाे लागि धेरै राम्राे छ । हाम्राे बालबालिका लाभान्वित भयाे भने, ३ महिना पछि बालबालिकाहरूका लागि थप कार्यक्रम हरिपुर्वा नगपालिकाले चलाउँछ। यस्ताे कार्यक्रमले बालबालिकाकाे उज्याले भविष्य निर्माण गर्छ जसले गर्दा घर, परिवार , समाज र राष्टलाई उज्यालाे बनाउन मद्दत गर्दछ।”