१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
ईश्वरपुरमा विश्व माटो दिवस मनाइयो – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

ईश्वरपुरमा विश्व माटो दिवस मनाइयो

ईश्वरपुर,१९ मंसिर । सर्लाहीको ईश्वरपुर नगरपालिकामा विश्व माटो दिवस मनाइएको छ । आइतवार सेभ द चिल्ड्रेन र ग्रामीण नारी उत्थान संघ हरिपुर र ईश्वरपुर नगरपालिकाको समन्वयमा संचालित समुन्नति परियोजना अन्तरगत बालसंबेदन शिल जिविकोपार्जन कार्यक्रम अन्तर्गत कृषक समुहले विश्व माटो दिवस मनाएको छ ।

ईश्वरपुर नगरपालिकाको वडा नं. ४,७ र १० मा प्रदुषित हुँदै गएको माटोलाई फेरी पहिला जस्तै उब्जाउ तथा सुदृढ बनाउने उदेश्यका साथ विश्व माटो दिवस मनाइएको कृषि प्राविधिक राम सागर महतोले बताए ।

माटोमा नै उब्जाउने हुने खानेकुराहरुका कारण हामीले जीवन अगाडि बढाइरहेको हुन्छौं । तर, सहरीकरणका कारण र खेतिपातिमा हामीले प्रयोग गर्ने अनेक किटनाशक, विषादीहरुका कारण हाम्रो माटो थप कमजोर भईरहेको महतोले बताए ।

स्वस्थ माटोको महत्वलाई विश्वमा फैलाउने तथा माटोको स्रोतको व्यवस्थापनप्रति चेतना फैलाउने उद्देश्यले हरेक वर्षको डिसेम्बर ५ मा संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व माटो दिवस मनाइने गरिन्छ ।

स्वस्थ माटोको महत्वलाई विश्वमा फैलाउने तथा माटोको स्रोतको व्यवस्थापनप्रति चेतना फैलाउने उद्देश्यले हरेक वर्षको डिसेम्बर ५ मा संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व माटो दिवस मनाइने गरेको छ ।

थाइल्यान्डका राजा भूमिबोल अदुुल्याडेजले विश्व माटो दिवसलाई आधिकारिक रूपमा स्वीकृत गरेकोले यो दिन उहाँकै जन्मदिन अर्थात् ५ डिसेम्बरमा मनाउन थालिएको हो ।

माटो दिवस मनाउन थालिए पनि विश्वमा माटोको उर्वरा शक्तिमा ह्रास हुँदै गएकाले त्यसप्रति सबैको चिन्ता बढेको हो । नेपालको माटोको अवस्था चिन्ताजनक अवस्थामा पुगिसकेको माटो विज्ञहरू बताउँछन् ।

कार्यक्रममा वडा स्तरीय बाल संरक्षण समितिका सदस्य–सचिव प्रमेन्द्र कुमार चौधरी रुवाका फिल्ड अधिकृत अंकिता घिमिरे,समुदाय परिचालक आशिष लामा, प्रतिमा कुमारी चौधरी , राम विश्वास चौधरीले लगायत महिला कृषकहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.