३० बैशाख २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
नेत्रगंज महिला बचत तथा ऋृण सहाकारीको २० औ बार्षिक साधारण सभा सम्पन्न – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

नेत्रगंज महिला बचत तथा ऋृण सहाकारीको २० औ बार्षिक साधारण सभा सम्पन्न

प्रेमनाथ पौडेल
सर्लाही,२४ मंसिर । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १ नवलपुरमा रहेको नेत्रगंज महिला बचत तथा ऋृण सहकारी संस्थाको २० आँै बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले मन्दिरा आचार्यको अध्यक्षतामा ११ सदस्य नया नेतृत्व चयन गरेको छ ।

वि. सं २०५८मा ३६ जना सदस्यको ३ हजार ६ सय रुपैया शेयरपुजि रकम बाट संस्था दर्ता गरि कारोबार शुरु गरेको सस्थाले शुक्रबार २०औ बार्षिक साधरण सभा आफनै संस्थाको प्राङ्ग्णमा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न गरेको छ ।

संस्थाकी अध्यक्ष मन्दिरा आचार्यकोको अध्यक्षता एवम क्षेत्र नम्बर १ (क) का प्रदेश सभा सदस्य बेची लुङ्गेली को प्रमुख आतिथ्यतामा भएको साधरण सभाको बन्द्द सत्रले पुःन आचार्यकै अध्यक्षतामा चार बर्षे कार्यकालको लागि नया नेतृत्व चयन गर्दै सभा सम्पन्न गरेको हो ।
नव निर्बाचित पदाधिकारीको उपाध्यक्षमा मुना देवकोटा, सचिवमा भबिता ढकाल, कोषाध्यक्षमा रेणु नेउपाने लगाय्त अन्य सदस्य रहेको सस्थाकी अध्यक्ष आचार्यले बताउनु भयो ।

त्यस्तै संस्थाको बन्द सत्रले शुशिला देवकोटा संयोजक रहेको तीन सदस्य लेखा समिती समेत सर्बसम्मत चयन गरेको बताएको छ ।साधरण सभाको उद्द्घाटन सत्रमा सस्था ले ,उतकृष्ट बचत कर्ता २ जना ,बालबचत कर्ता २ असल ऋृणी २जना र सबै भन्दा बढी खाता खोली बचत गर्ने उत्कृष्ठ बचत कर्ता एकजना लाई कलश प्रदान गर्नुको साथै खादा ओढाएर सम्मान गरेको छ भने बाल बचत कर्तालाई स्टेशनरी समान प्रदान गर्दै सम्मान गरेको नवनिर्वाचित उपाध्यक्ष मुना देवकोटाले बताउनु भयो ।

त्यस्तै संस्थाको बन्द सत्रमा सस्थाका सचिव भबिता ढकालले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु हुदै आर्थिक बर्ष २०७७÷०७८ मा संस्थाले ८ करोड ३१ लाख ३१ हजार ३ सय २२ रुपैयाको कारोबार गरि १६ लाख ७३ हजार १ सय ९८ रुपैया खुद मुनाफा गरेको जानकारी दिनु भयो।

पछिल्लो एक ब्यक्ती एक सहकारी को नीति लाई आत्मासाथ गर्दै सहकारी एकीकरणको दिशामा अघि बढेमा अझ सहकारी दरिलो र मजबुद हुने र संस्थाको खर्चमा कमी आउने हुदा त्यस तर्फ पनि बिचार पुर्याउन आवश्यक रहेको सहभागीबक्ता हरुको भनाई थियो ।

सभामा जिल्ला बचत तथा ऋृण सहकारी संघका अध्यक्ष बाबुराम घिमिरे ,लालबन्दी वडा नम्बर १का वडा सदस्य हरेराम बस्नेत ,ग्रामिणबचत तथा ऋृण सहकारीका अध्यक्ष सुरेन्द्र बिक्रम कार्की ,नन्देश्वर महिला बचत तथा ऋृण सहकारीका उपाध्यक्ष तारा देबि थपलिया नेफस्कुन हरिवन फिल्ड शाखाका प्रमुख महेश बराल , लगायतले सहकारीले खेलेको भुमिकाको बारेमा आ–आफ्नो धारणा राख्नु भएको सस्था सचिव भबिता ढकाल ले बताउनु भयो ।हाल संस्थामा १ हजार २३ शेयर सद्स्य रहेका छन भने ८२ लाख ९ हजार २ सय रुपैया शेयरपुजि पुगेको संस्थाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.