ताजा खबरमधेश प्रदेशराजनीतिसमाचार
रौतहटबाट सहमहामन्त्रीमा शेख वकिलको उम्मेदवारी

ललन कुमार चौरसिया
रौतहट २६ मंसिर।। नेपाली काँग्रेस पार्टीको १४ औं महाधिवेशनमा परोहा नगरपालिकाको नगर प्रमुख शेख वकिल पार्टीको केन्द्रीय सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन् ।
रौतहट जिल्लाको दक्षिणी भागमा रहेको परोहा नगरपालिका महाधिवेशन प्रतिनिधिमा निर्वाचित शेख वकिल मुस्लिम तर्फबाट केन्द्रीय सहमहामन्त्रीमा उम्मेदवारी कोइराला समुह दिएका हुन् ।
शेखर कोइराला पक्षबाट शेख वकिल आफु केन्द्रीय सहमहामन्त्रीको लागि उम्मेदवारी दिएको बताएँ । जिल्लाको सिमावर्ती क्षेत्रमा पर्ने मधेशी, मुस्लिम, दलित, जनजाति तथा किसानहरुको हकहितका लागि प्रभावशाली नगर प्रमुख बाट पहिचान गराउन सफल भएका नगर प्रमुख शेख वकिल महाधिवेशन प्रतिनीधिको साथ र सहयोगको आग्रहसमेत गरेको छ।