१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु

सर्लाही, २८ मंसिर ।सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामेछापका ३५ वर्षीय राजेश घिमिरे खत्री रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

सोमवार राति करिब पौने ९ बजेको समयमा लालबन्दी नगरपालिका वडा नं। १ बागवानि पुल नजिक पुर्व पश्चिम हाईवेमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको ना ५ ख १४९९ नम्बरको बसले विपरीत दिसाबाट आईरहेको लु ७७ प ९२०० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार खत्रीको ठाउकोमा गम्भिर चोट लागेको थियो ।

खत्रिलाई मोडेल अस्पताल लालबन्दीमा उपचार पश्चात थप उपचारको लागी नेशनल मेडिकल कलेज बिरगंज रिफर गरेकोमा चिकित्सकले त्यहाँ मृत घोषणा गरेका थिए ।

मोटरसाइकललाई ठक्कर दिने बस प्रहरीको नियन्त्रणमा रहेको र चालक फरार रहेकाले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.