१४ चैत्र २०८०, बुधबार | Email:- [email protected] | [email protected]
बेला स्वास्थ्य चाैकी ईश्वरपुरको सार्वजनिक लेखापरीक्षण सम्पन्न – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

बेला स्वास्थ्य चाैकी ईश्वरपुरको सार्वजनिक लेखापरीक्षण सम्पन्न

सर्लाही,२९ मंसिर । सर्लाहीको ईश्वतपुर नगरपालिकामा रहेको बेला स्वास्थ्य चाैकीको सार्वजनिक लेखापरीक्षण सम्पन्न भएको छ।बुधवार वडा नं १० स्थित बेला स्वास्थ्य चाैकीका व्यवस्थापन समितिका संयाेजक एवम् वडा नं १०का वडा अध्यक्ष राज नारायण चाैधरीकाे अध्यक्षतामा सार्वजनिक लेखापरीक्षण सम्पन्न भएको हो।

ग्रामीण नारी उत्थान संघ हरिपुर-२, सर्लाही र सेभ द चिल्ड्रेनकाे अार्थिक सहयाेगमा संचालित समुन्नति परियाेजना अन्तर्गत बेलामा२ युनिट शाैचालय तथा बाल मैत्री एवम् सेफ्टी टंकी निर्माण भएको थियो।
भाैतिक पुर्वाधार निर्माणकार्यका लागि रकम रु.५,४३,०७६/११ भएकाे सम्झाैता भए बमोजिमको रकम भन्दा रु.५,५४,४८८/७ बढी रकम रु. ११,४११/१८ भएकाे वडा अध्यक्ष चाैधरीले जानकारी गराउनु भयाे ।

हेल्थ पाेष्टमा अाउने सेवाग्राहिहरुलाई शाैचालय बाल मैत्रि हात धुने स्थान निर्माण, सुरक्षित स्वास्थ्य एवं सुरक्षित वातावरणमा गुणस्तरीय तथा स्वस्थ जीवनयापनका लागि सहयाेग पुर्‍याउन उधेश्यले निर्माण गरिएकाे हाे ।

कार्यक्रममा बेला स्वास्थ्य चाैकीकाे ईन्चार्ज सुरेश प्रसाद सिंह, वडा सचिव प्रमेन्द्र कुमार चाैधरी, वडा प्रतिनिधि, पार्टी प्रतिनिधि, स्वास्थ्यकर्मी, ग्रामीण नारी उत्थान संघका फिल्ड अधिकृत दिपक भण्डारी, अंकिता घिमिरे समाजिक परिचालक गिता कुमारी शर्मा र राम विश्वास चाैधरीकाे उपस्थिति थियाे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.