२८ बैशाख २०८१, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
मोटरसाइकल दुर्घटनामा परी सर्लाहीमा तिन जनाको मृत्यु – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

मोटरसाइकल दुर्घटनामा परी सर्लाहीमा तिन जनाको मृत्यु

सर्लाही,१८ पौष । सर्लाहीको ईश्वरपुर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुदाँ तिन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इश्वरपुर नगरपालिका वडा नं. १० दशबिग्हा बस्ने २२ वर्षिय अरुण सिंह ,२० वर्षिय श्रवन बिक र २२ वर्षिय रोहन सिंह रहेका छन ।

इश्वरपुर नगरपालिका वडा नं.३ स्थित सागरनाथ जंगलमा मोटरसाइकल दुर्घटना भएको थियो घटना लगतै तिनै जना युवकको मृत्यु भएको थियो ।

सागरनाथबाट बयलबास जाँदै गरेको बा १९ प ७१९७ नम्बरको मोटरसाइकल आइतबार अनियन्त्रित भइ भित्री सडक छेउमा रहेको रुखमा ठोक्किदा त्यसमा सवार तिन जनै युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवप्रसाद बुढाथोकीले जानकार दिए ।

दुर्घटनामा परेका तीन जनालाई उपचारको लागि जिल्ला अस्पताल मलंगवा ल्याए पनि अस्पताल पुगे लगत्तै डाक्टरले उनीहरूलाई मृत घोषण गरेका थिए। मृतक तीनै जना एउटै मोटरसाइकलमा सवारी रहेको बताएको छ। मृतक तीनै जनाको शव पोष्टमाटमको लागि जिल्ला अस्पताल सर्लाहीमा राखिएको डिएसपी बुढाथोकीले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.