१३ चैत्र २०८०, मंगलवार | Email:- [email protected] | [email protected]
हिमशिखर सहाकारी को ७ औ बार्षिक साधरण सभा सम्पन्न, जेष्ठ सदस्य पनि भए सम्मानित – Nigrani Today
प्रदेश २समाचारसमाजस्थानीय

हिमशिखर सहाकारी को ७ औ बार्षिक साधरण सभा सम्पन्न, जेष्ठ सदस्य पनि भए सम्मानित

प्रेमनाथ पौडेल
हरिपुर,२४ पौष । सर्लाहीको हरिपुर नगरपालिका वडा नं. १ जानकी नगरमा रहेको हिमशिखर महिला बचत तथा ऋृण सहकारी संस्थाको ७ औ बार्षिक साधरण सभा विभिन्न जेष्ठ शेयर सदस्य सम्मान र बालबालिका पुरस्कार बितरण गर्दै सम्पन्न भएको छ ।

बि सं २०६८असोज २८ गतेमा २७ जना सदस्यको २ हजार ७ सय रुपैया शेयरपुँजी रकम बाट डिभिजन सहकारी कार्यालय सर्लाही मलंगवामा संस्था दर्ता गरि आर्थिक कारोबार शुरु गरेको सस्थाले शनिवार आफ्नो ७ औ बार्षिक साधरण सभा आफनै संस्थाको प्राङ्ग्णमा सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष भवानी घिमिरेको अध्यक्षता भएको साधरण सभाले आफ्ना सस्थामा शेयर सदस्य भएर आर्थिक कारोबार गर्ने ६०बर्ष पार गरेका ७ जना जेष्ठ सदस्य लाई दोसल्ला र अबिरको टिको लगाएर सम्मान गरेको छ ,त्यस्तै सस्थामा बाल बचत गर्ने ३१जना बालबालिकालाई अनाबश्यक खर्च लाई कटौती गर्दै बाल बचतको माध्यम बाट सस्थामा बचत गर्ने ,उनी हरुको बचत गर्ने बानीको बिकाश र गर्न सकियोस भन्ने उदेश्यले शैक्षिक स्टेशनरी कापी ,पेन्सल बाट पुरस्कृत गरिएको सस्थाले जनाएको छ ।


संस्थाका अध्यक्ष घिमिरेले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको सभामा सस्थाका सचिव कबिता थापा मगरले आर्थिक वर्ष ०७७÷७८मा ५८ लाख ४४ हजार ७५६ रुपैया कारोबार गरि ३ लाख १८ हजार ५ सय २० रुपैया खुद मुनाफा गरेको जानकारी दिनु भयो ।
सहकारी सस्था हरु पनि अन्य बैंक तथा बितिय सस्थाहरु जस्तै शहर र बजारमुखी भै रहेको अबस्थामा ग्रामिण भेगमा महिला सदस्य लाई सहकारीको मूल्य मान्यता अनुरुप एकताबध गर्दै आर्थिक कारोबार गरि सदस्यहरुको जिबिकोपार्जन आय आर्जनमा टेवा पुर्याउनुको साथै ग्रामिण भेगका महिला दिदी बहिनीमा पनि बचत गर्ने बानीको बिकाश गरेको प्रती साधरण सभाका बक्ता हरुले संस्थाको प्रशंसा गरेका थिए ।

यस्तै सस्था संचालन भएको १०बर्ष पुगि सक्दा पनि सेयर सदस्य र शेयर रकम मा बृद्धि नदेखिएको हुदा त्यस तर्फ संचालक समिती र अन्य शेयर सदस्यले पनि ध्यान पुर्याउनु पर्ने र शेयर पुजि सेयर सदस्य बृद्धी गर्नु पर्नेमा जोड दिएका थिए ।
त्यस्तै सहकारीमा शेयर सदस्य बन्ने तर बचत नगर्ने परिपाटीको पछिल्लो समय संख्या बढ्दै गएको हुदा उनीहरु लाई बितिय साक्षरता कक्षा संचालन गरि सहकारीको मूल्य मान्यता र सिद्धान्तको आधारमा कारोबारलाई अघि बढाउन सके मात्र ससंस्थाको दिगोपन हुने हुदा त्यस तर्फ ध्यान पुर्याउन सुझाब दिएका थिए ।


संस्थाका उपाध्यक्ष दयाकली देबिले स्वागत तथा सद्स्य देबिका काफ्ले पौडेलले संचालन गर्नु भएको साधरण सभामा पत्रकार प्रेमनाथ पौडेल समाजसेबी कृष्ण प्रसाद दुलाल, लेखा समिती संयोजक सितली कुमारी खडका लगाययले सहकारीको बारेमा आ–आफ्नो धारणा राख्नु भएको सस्थाका ब्यबस्थापक टुका कुमारी ठकुरीले बताउनु भयो ।हाल सस्थामा ३ सय १५जना महिला सेयर सदस्य रहेको सस्थाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.