२६ बैशाख २०८१, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
संविधान अनुसार समयमा उपनिर्वाचन नगराउनु सरकारको असक्षमता रहेको पूर्वमन्त्री साहको आरोप – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचार

संविधान अनुसार समयमा उपनिर्वाचन नगराउनु सरकारको असक्षमता रहेको पूर्वमन्त्री साहको आरोप

वीरगंज,२७ पौष । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री प्रभु साहले संविधान अनुसार समयमा उपनिर्वाचन नगराउनु सरकारको असक्षमता रहेको बताएका छन् ।

मंगलबार बीरगंजमा एमालेको आठौँ पर्सा जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता साहले हारको डरले गठबन्धन सरकारले उपनिर्वाचन नगराएको बताए ।

विभिन्न जालझेल तथा षड्यन्त्रपूर्ण ढंगले परमादेशबाट आएको सरकार जनतामाझ जानबाट डराएको पुष्टि भएको उनको भनाई छ । एउटै विधि मानेर राष्ट्रिय सभाको चुनाव गर्न सक्ने सरकारले ६ महिनाभित्र अनिवार्य चुनाव गर्नुपर्ने संवैधानिक व्यवस्था लत्यानुले गठबन्धन सरकार जनताबाट बहिष्कृत रहेको पुष्टि भएको नेता साहले जीकिर गरे ।

‘पछिल्लो राजनीतिक उतारचढावको नतिजास्वरुप देशका विभिन्न क्षेत्र आज प्रतिनिधि विहीन छ । संविधानले नै एक वर्ष कार्यकाल बाँकी रहेको अवस्थामा अनिवार्य रुपमा ६ महिना भित्र उप निर्वाचन गर्नुपर्ने व्यवस्था छ’ साहले भने, ‘विभिन्न षड्यन्त्रपूर्ण ढंगबाट बनेको परमादेशी गठबन्धन सरकार जनताबाट डराईरहेको छ । चुनाव हारिन्छ कि भन्ने त्रासका बीच यो जनविरोधी सरकारले उपनिर्वाचन गर्न नचाहेर पुष्टि गरेको छ कि वर्तमान सरकार जनताबाट बहिष्कृत सरकार हो ।’

‘उहीँ विधि पद्धति मानेर राष्ट्रियसभा निर्वाचन गर्न सक्ने सरकार आखिर उपनिर्वाचन किन गर्न चाहिरहेको छैन् ? जनताको हकको हनन गर्न पाईदैन, सरकारसँग थोरै पनि नैतिकता बाँकी छ भने उपनिर्वाचन गराओस । यो गठबन्धनलाई जनताले असली हैसियत देखाईदिने छन्’ उनले भने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.