२६ बैशाख २०८१, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा आइतवार बाट बुष्टर खोप दिइने – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सर्लाहीमा आइतवार बाट बुष्टर खोप दिइने

प्रेमनाथ पौडेल
सर्लाही,७ माघ । सर्लाहीमा आइतवार बाट बुष्टर खोप दिइने भएको छ । स्वास्थ्य कार्यालय प्रमुख नवल किशोर झाका अनुसार बुष्टर खोपका लागि सम्पुर्ण तयारी पुरा भइसकेकोले आइतवार बाट अग्रपक्तिमा रहेर काम गर्नेहरुलाई खोप दिइने बताए ।

माघ ९ गते देखि १५ गते सम्म सर्लाहीको २० वटै पालिकाको स्वास्थ्य संस्थामा कोरोना विरुद्धको तेस्रो मात्र खोप दिइने स्वास्थ्य कार्यालयका सिअहेब अधिकृत छैठो प्रमोद ठाकुरले जानकारी दिए ।

तेस्रो मात्र खोपको लागि दोस्रो मात्रा खोप लगाएको ६ महिना पुरा हुनुपर्ने ठाकुरले बताए । तेस्रो मात्रा खोपमा भेरोसेल, कोभिडसिल्ड, अस्ट्राजेनिका खोप दिइने ठाकुरले जानकारी दिए ।

जिल्ला खोप समन्वय समिति सर्लाहीको आज बसेको बैठकले दोस्रो खोप लागाएको ६ महिना पुरा भएका स्वास्थ्य कर्मी, सुरक्षाकर्मी, सफाईकर्मी, सार्वजनिक सेवामा संलग्न व्यक्तिहरु, ६० बर्ष र सो भन्दा माथिका नागरिकहरु र दीर्घ रोग भएका अवस्था तथा रोग प्रतिरोधात्म्क क्षमता कम भएका व्यक्तिहरुलाई तेस्रो मात्रा खोप दिने निर्णय भएको ठाकुरले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.