१५ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
एम्बुलेन्स संचालनमा आएपछि कौडेनावासी खुसी – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

एम्बुलेन्स संचालनमा आएपछि कौडेनावासी खुसी

राकेश गुप्ता
सर्लाही,८ माघ । सर्लाहीको कौडेना गाउँपालिकामा एम्बुलेन्स संचालनमा आएपछि स्थानियहरु खुसी भएका छन । सर्लाहीको सदरमुकाम मलंगवा देखि पश्चिम क्षेत्रमा पर्ने कौडेना गाउँपालिकाले शनिवारबाट आफ्नै एम्बुलेन्स संचालनमा ल्याएपछि कौडेनावासीलाई स्वास्थ्य सेवा लिन सहज भएको छ । गाउँपालिकाले एम्बुलेन्स संचालनमा ल्याएपछि आफुहरु निकै नै खुसि भएको कौडेना गाउँपालिका वडा नं. २ का स्थानिय मुकेश यादवले बताउनुभयो ।

यस अघि गाउँपालिका भरीमै एम्बुलेन्स नहुदाँ आफुहरुलाई स्वास्थ्य सेवा लिन कठिनाई भैरहेको थियो, एम्बुलेन्स संचालनमा आएपद्धि सहज भएको यादवले बताउनुभयो ।त्यस्तै वडा नं. ५ का स्थानिय महमद हुसैनका अनुसार एम्बुलेन्स सहजै उपलब्ध नभएको हुदाँ भारतको अस्पतालहरु नजिक भएकाले आफुहरु अटो भाडा गरेर भारतका अस्पताल जानु पर्थयो अब गाउँपालिकामै भएपछि बिरगंज, जनकपुर लगायत नेपालकै अस्पतालहरुमा बिरामी ओसार्न सहज भएको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष राम प्रसाद यादवका अनुसार कौडेनामा यस अघि एम्बुलेन्स नहुँदा स्थानियवासीको स्वास्थ्यमा गम्भिर समस्या पर्दा अन्य विभिन्न पालिका बाट एम्बुलेन्स मगाउनुपर्थयो, गाउँवासीको ति समस्या बुझेर आफुले गाउँपालिकाकै बजेट बाट रु १३ लाख ५० हजारको लागतमा एम्बुलेन्स खरिद गरी आज बाट संचालनमा ल्याएको जानकारी दिनुभयो ।

आफु जन्ताकै प्रतिनिधि भएको र गाउँवासी समस्यामा हुदाँ आफुलाई नै समस्या लागेर स्वास्थ्य सेवा भरपर्दो र सुरक्षित होस भन्ने उदेश्यले एम्बुलेन्स संचालनमामा ल्याएको गाउँपालिका अध्यक्ष यादवले बताउनुभयो । एम्बुलेस कौडेना गाउँपालिकाभित्र मात्र नभएर अन्य छिमेकी पालिकाबाट समेत बिरामी बोक्न सहयोग पुग्ने अध्यक्ष यादवको दावि रहेको छ ।

एम्बुलेन्स संचालनमा आएपछि समयमा उपचार पाएर अब कसैले पनि अकालमा ज्यान गुमाउनु नपर्ने गाउँपालिका अध्यक्ष यादवले जानकारी दिनुभयो । गाउँपालिकाले संचालनमा ल्याएको एम्बुलेन्स अन्य एमबुलेन्स भन्दा सस्तो समेत हुने अध्यक्ष यादको भनाइ छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.