६ कार्तिक २०८१, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चन्द्रनगर तथा ब्रह्म्पुरीका विद्यालयमा बन्दै गरेको भौतिक संरचनाको विभिन्न व्यक्तीले गरे अनुगमन – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

चन्द्रनगर तथा ब्रह्म्पुरीका विद्यालयमा बन्दै गरेको भौतिक संरचनाको विभिन्न व्यक्तीले गरे अनुगमन

सर्लाही,८ माघ । सर्लाहीको चन्द्रनगर गाउँपालिका र ब्रह्म्पुरी गाउँपालिकामा रहेको विभिन्न सामुदायिक विद्यालयहरुमा बन्दै गरेको भौतिक संरचनाहरुको सरोकारवाला निकाहरुले संयुक्त रुपमा अनुगमन गरेको छ । अष्ट्रेलियन एड्को आर्थिक सहयोग तथा वल्र्ड भिजन इन्टरनेसनल नेपाल, विश्व शिक्षा, ह्याण्डीक्याप इन्टरनेसनल र राष्ट्रिय रोजगार प्रर्वद्धन केन्द्रको साझेदारीमा सञ्चालित समावेशी शिक्षा सुदृढीकरण (सिकाइ) परियोजना अन्तरगत राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रले दुइवटै पालिकामा आर.सि.सि. विद्यालय भवन र बालमैत्री तथा अपाङ्ग मैत्री सौचालय निर्माण गरिरहेको छ ।

सोहि भौतिक संरचनालाई जिल्ला समनवय समिति सभापती मेथुर चौधरी, राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रका निर्देशक शिवजी साह, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका कोषाध्यक्ष विश्वनाथ ठाकुर, शिक्षा विकास तथा समन्वय इकाइका सोभित साह, चन्द्रनगर गाउँपालिका शिक्षा शाखा प्रमुख हरिकान्त लाल कर्ण तथा ब्रह्म्पुर गाउँपालिकाका प्रतिनिधिले संयुक्त रुपमा अनुगन गरेको राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रका संयोजक नागेन्द्र प्रसाद साहले जानकारी दिनुभयो ।

ब्रह्म्पुरी गाउँपालिका वडा नं. ६ नोकैल्वामा रहेको मंगलस्थान उत्पीडित उत्थान प्राथमिक विद्यालय ३८ लाख २ हजार ६ सय ८७ रुपैयाको लागतमा दुईकोठे आर.सि.सि. विद्यालय भवन, वडा नं. ७ मा रहेको शिवन फुनिया देवी जनता मा. वि पिपरामा १२ लख १० हजार ३ सय ३५ रुपैयाको लागतमा बालमैत्री तथा अपाङ्ग मैत्री सौचालय, वडा नं. ४ मा रहेको सुराज मा.वि त्रिभुवननगरमा १२ लाख ७० हजारको लागतमा बालमैत्री तथा अपाङ्ग मैत्री सौचालय, त्यस्तै वडा नं. ६ मा रहेको मदरसा इसलामिया नोकैलवामा पनि १२ लाख ७८ हजार ३ सय ६५ रुपैयाको लागतमा बालमैत्री तथा अपाङ्ग मैत्री सौचालय निर्माण भैरहेको संयोजक साहले जानकारी दिनुभयो ।

यसैगरी चन्द्रनगर गाउँपालिकामा वडा नं. १ मा रहेको प्र्राथमिक विद्यालय लघुवामा ३८ लाख २५ हजार ९ सय ६१ रुपैयाको लागतमा दुईकोठे आर.सि.सि. विद्यालय भवन, जनता मा. वि किशनपुरमा १२ लाख८६ हजारको लागतमा बालमैत्री तथा अपाङ्ग मैत्री सौचालय, वडा नं. ४ मा रहेको ठगा प्राण बिहारी प्रा.वि पोखरियामा १३लाख १९ हजारको लागतमा बालमैत्री तथा अपाङ्ग मैत्री सौचालय निर्माण भैरहेको संयोजक साहले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button