१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा लागुऔषध गाँजा सहित श्रीमान श्रीमती पक्राउ – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीमा लागुऔषध गाँजा सहित श्रीमान श्रीमती पक्राउ

सर्लाही,९ माघ । सर्लाहीमा प्रतिबन्धित लागुऔषध गाँजा सहित श्रीमान श्रीमती पक्राउ परेका छन । पक्राउ पर्नेमा बाग्मती नगरपालिका वडा नं. १२ बस्ने ३८ बर्षिय रुद्र बहादुर अधिकारी र अधिकारीकै श्रीमती ३० बर्षिया रिचा अधिकारी रहेका छन ।

गएराति हरिवन नगरपालिका वडा नं. ८ पुरानो बजार स्थित भित्री सडक खण्डमा पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको बा.६८प.४९७२ नं. को मोटरसाइकललाई शंका लागि प्रहरीले चेकजाँच गर्ने क्रममा अधिकारी दम्पती सँग ५ किलो लागुऔषध गाँजा बरामद गरिएको थियो ।

अधिकारी दम्पतीले गाँजा कालो झोलामा लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा हरिवनबाट प्रहरीको मोबाईल गस्ती टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.