१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा आज बाट २० वटै पालिकामा बुष्टर खोप दिइदै – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीमा आज बाट २० वटै पालिकामा बुष्टर खोप दिइदै

सर्लाही,९ माघ ।सर्लाहीमा आजबाट २० वटै पालिकाको खोप केन्द्रमा बुष्टर खोप दिइदै छ । स्वास्थ्य कार्यालय प्रमुख नवल किशोर झाका अनुसार आजबाटनै अग्रपक्तिमा रहेर काम गर्नेहरुलाई २० वटै पालिकाको खोप केन्द्रबाट खोप दिइरहेको बताउनुभयो ।

आज देखि १५ गते सम्म सर्लाहीको २० वटै पालिकाको स्वास्थ्य संस्थामा कोरोना विरुद्धको तेस्रो मात्र खोप दिइने स्वास्थ्य कार्यालयका झाले बताउनुभयो । तेस्रो मात्र खोपको लागि दोस्रो मात्रा खोप लगाएको ६ महिना पुरा हुनुपर्ने झाको भनाइ छ । तेस्रो मात्रा खोपमा भेरोसेल, कोभिडसिल्ड, अस्ट्राजेनिका खोप दिइने झाले जानकारी दिनुभयो ।

६ महिना पुरा भएका स्वास्थ्य कर्मी, सुरक्षाकर्मी, सफाईकर्मी, सार्वजनिक सेवामा संलग्न व्यक्तिहरु, ६० बर्ष र सो भन्दा माथिका नागरिकहरु र दीर्घ रोग भएका अवस्था तथा रोग प्रतिरोधात्म्क क्षमता कम भएका व्यक्तिहरुलाई तेस्रो मात्रा खोप १५ गते सम्म दिइने स्वास्थ्य कार्यालय प्रमुख झाले बताउनुभयो ।

सर्लाहीमा अहिलेसम्म १८ वर्षभन्दा माथिका ६८ प्रतिशत नागरिकले पहिलो डोज तथा ६२ प्रतिशतले दोस्रो डोज खोप लिइसकेका छन् । त्यस्तै १२ वर्षदेखि १७ वर्ष उमेर समूहका ९९ प्रतिशतले पहिलो डोज खोप लिएको जिल्ला जनस्वास्थ्यको तथ्यांकमा उल्लेख छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.