२६ जेष्ठ २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
सर्लाहीमा उँखु लोड गरेको ट्रयाक्टरमा नाईट बसले ठक्कर दिदाँ २५ जना घाइते – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सर्लाहीमा उँखु लोड गरेको ट्रयाक्टरमा नाईट बसले ठक्कर दिदाँ २५ जना घाइते

सर्लाही,१४ माघ । सर्लाहीमा उँखु लोड गरेको ट्रयाक्टरमा नाईट बसले पछाडी बाट ठक्कर दिदाँ २५ जना घाइते भएका छन आज बिहान ४ः१५ बजेको समयमा हरिवन नगरपालिका वडा नं. ९ सुखेपोखरी स्थित पूर्व पश्चिम लोकमार्गमा ज २ त ७८१ नम्बरको विग्रेर बाटोको साईडमा रोकिराखेको उँखु लोड गरेको ट्रयाक्टरमा पश्चिम भैरहवाबाट पुर्व विराटनगर तर्फ आउँदै गरेको लु २ ख ४७५७ नम्बरको नाईट बस ट्रयाक्टरको पछाडीबाट ठोक्किन जाँदा बसमा सवार ३९ जना मध्ये २५ जना घाईते भएकोमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
घाइते हुनेहरुमा चितवन खैरहनी न.पा.७ बस्ने वर्ष ३६ पसुराम फुयाल भरतपुर रेफर ,रुपन्देही बुटवल न.पा.८ बस्ने वर्ष ५२ को टोप बहादुर गुरुङ, .श्रीकटन गा.पा.१२ बस्ने वर्ष २५ की कृतिका चौधरी अवस्था गम्भिर (बयोधा अस्पताल विरगजं रिफर),.बुटवल उ.म.न.पा.१२ बस्ने वर्ष २४ को शिव भुषाल, निजकै श्रीमती वर्ष २१ की सविता भुषाल ,कन्चन गा.पा.१ बस्ने वर्ष २६ दिपेन्द्र मलाह बयोधा अस्पताल विरगजं रिफर, .बुटवल न.पा.१० बस्ने वर्ष ४३ को भुपराज चापागाई (भरतपुर रिफर) सोहि नपा वडा नं. १३ बस्ने वर्ष ३१ की निशा पौडेल रहेका छन ।
यसैगरी मोरङ सोनबर्षा न.पा.५ बस्ने वर्ष ४५ को विरेन्द्र मण्डल ,वर्ष ३७ को शंकर सरदार ,विराटनगर म.न.पा.६ बस्ने वर्ष ४७ को जय प्रकाश साह, सप्तरी खट्क न.पा.८ बस्ने वर्ष ४२ को तुलसी प्रसाद चौधरी खुट्टामा ,निजकै श्रीमती वर्ष ३८ की ललिता कुमारी चौधरी,.रामनगर कोदारकट्टी बलानदेवल न.पा. ५बस्ने वर्ष २० सत्यनारायण यादव, सुनसरी ईनर्वा न.पा.६ बस्ने वर्ष ४६ को हरि प्रसाद पोखरेल, स्याङजा काली गण्डकी गा.पा.५ बस्ने वर्ष २६ को त्रिभुवन न्यौपाने , धनुषा जनकपुर न.पा.१२ बस्ने वर्ष २९ को चन्द्रकान्त यादव, रौतहट गरुडा न.पा.१ बस्ने वर्ष ३० को सुभास गुप्ता रहेका छन ।
यसैगरी सर्लाहीका स्वाभिमान अस्पताल हरिवनमा उपचार भईरहेको घाईतेहरुः सिरहा सखुवा गा.पा.१ बस्ने वर्ष ६१ को किसुनदेव यादव ,वर्ष ३६ को राजकुमार यादव, वर्ष ३७ की शितल कुमारी यादव, रुपन्देही रोहनी गा.पा.१ बस्ने वर्ष ३० को ईम्तियाज खान रहेका छ ।
त्यस्तै सर्लाहीका जिवन हेल्थ केयर सुकेपोखरी हरिवनमा उपचार पश्चात बिरगंज स्थित बयोधा अस्पताल रिफर भएका घाईतेहरु, रुपन्देही बुटवल उ.म.न.पा.७ बस्ने वर्ष २२ को बिशाल परियार, वर्ष २१ की सुमिफा परियार,बर्ष अं.२८ की झर्ना परियार रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधब प्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.