१२ आश्विन २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
बारामा जीवन सहारा बचत तथा ऋण सहकारी लिमिटेडको ११ औं साधारण सभा सम्पन्न – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाज

बारामा जीवन सहारा बचत तथा ऋण सहकारी लिमिटेडको ११ औं साधारण सभा सम्पन्न

श्यामल कुमार गिरी
१५ माघ बारा। कलैया उपमहानगर पालिका वडाः– ५ मा रहेको जीवन सहारा बचत तथा ऋण सहकारी लिमिटेडको ११ औं साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाका प्रमुख अतिथि बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सत्येन्द्र ठाकुरले सहकारीका सदस्यहरूमा सानो सानो रकमलाई एकीकृत गरि ठूलो लगानी लाई प्रणत गरि समुदायलाई निकास दिन सक्ने लाई नै सहकारी भनिन्छ अध्यक्ष ठाकुरले जानकारी दिनु भयो ।

सहकारीको बार्षिक आयव्यय दुई करोड ९० लाख ६६ हजार दुई सय ६३ रुपैया ७२ पैसाको संस्थाका अध्यक्ष रामअधारले प्रस्तुत गर्नु भएको थियो।
उत्कृष्ट बचतकर्ता अमजद हुसेन र उत्कृष्ट ऋणी आकाश कुमार साहलाई प्रमुख अतिथि ठाकुरले अविरको टीका लगाई दोसला ओढाएर सम्मान गरेका थिए। कार्यक्रम सञ्चालन संस्थाका सचिव प्रभु प्रसाद यादवले गरेकोमा उपाध्यक्ष रामनारायण,यादव , कोषाध्यक्ष म. स्वयब मसुर , रम्भा देवी , फरमुल्लाह मंसुर , गिता देवी , व्यवस्थापक सुनिल यादव लगायत शेयर धनिहरूको सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.