९ चैत्र २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
आरती साहको परिवारलाई वार्तामा आउँन सरकारको आग्रह – Nigrani Today
ताजा खबरसमाचारसमाज

आरती साहको परिवारलाई वार्तामा आउँन सरकारको आग्रह

काठमाडौं । न्यायको माग गर्दै काठमाडौंको माइतीघरमा संघर्ष गर्दै आएकी धनुषाको आरती साहको परिवारलाई सरकारले वार्तामा बोलाएको छ ।

सोमबार गृहमन्त्रालयले संघर्षरत साहको परिवारलाई वार्तामा आउँनु आग्रह गरेको हो । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको तर्फबाट उनका स्वकीय सचिव बिजय गौतमले मन्त्रालयको पत्र लिएर धर्ना स्थल माइतीघरमा सोमबार राती पुगेका छन् ।

आम जनता पार्टी (आजपा)का केन्द्रीय सदस्य बालकृष्ण सापकोटा र कार्यालय सचिव एवं महिला नेतृ रन्जु साहको विशेष पहलमा वार्ता एवं संवादको शुरुवात भएको हो । आजपाका केन्द्रीय सदस्य सापकोटा, साह सोमबार नै गृहमन्त्री श्रेष्ठसंग भेटेर साहको परिवारलाई न्याय दिनुपर्ने बिषयमा ध्यानाकर्षण गराएका थिए ।

आजपाले आन्दोलनरत साहको परिवारको आन्दोलनप्रति यस अघि नै ऐक्यबद्धता जनाएको छ । आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले उनको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै माईतिघरमै पुगेर भेटेका थिए । साथै आजपा अध्यक्ष साहले संसदमा यस बिषयमा पटक–पटक आवाज उठाउँदै आएका छन् ।

आरती साहको हत्या प्रकरणमा उनको परिवार विगत १४४ दिनदेखी काठमाडौंको माईतिघरमा न्यायको माग गर्दै संघर्ष गर्दै आएको छ । साहको परिवारलाई न्याय दिलाउँनका लागि आजपाले सडक संघर्षका कार्यक्रम समेत घोषणा गरेको छ ।

आजपाले साहको परिवारको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै माईतिघरमा पुगेर उनीहरुसंगै धर्ना बस्ने निर्णय सोमबार नै सार्वजनिक भएको थियो । आजपाका केन्द्रीय सदस्य एवं कार्यालय सचिव बालकृष्ण सापकोटाले २२ कातिक (बुधबार) पार्टीका अध्यक्ष प्रभु साहको नेतृत्वमा माईतिघरमा पुगेर उनीहरुसंगै धर्ना बस्ने कार्यक्रम रहेको बताए ।

यसैगरी २३ कातिकमा मानव अधिकार आयोग पुगेर आजपाले ध्यानाकर्षण पत्र बुझाउँने कार्यक्रम पनि रहेको केन्द्रीय सदस्य सापकोटाले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.