१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा मधेस प्रदेश स्तरीय मौलिक लोकबाजा प्रशिक्षण कार्यक्रम सुरु – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीमा मधेस प्रदेश स्तरीय मौलिक लोकबाजा प्रशिक्षण कार्यक्रम सुरु

सर्लाही,२६ माघ । सर्लाहीको हरिवन नगरपालिकामा मधेस प्रदेश स्तरीय मौलिक लोकबाजा प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सर्लाहीको हरिवनमा मधेस प्रदेश स्तरीय मौलिक लोकबाजा प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।

१० दिने तालिममा मधेस प्रदेशका आठै जिल्लाका गरि २० जना सहभागी रहेका प्रतिष्ठानका प्राज्ञ तथा कार्यक्रम संयोजक अशोक राईले बताउनु भयो । चेतना सन्देश नेपालको सह आयोजनामा हरिवन–५ स्थित द्वन्द्व पीडित बाल गृहमा प्रशिक्षण भैइरहेको छ । प्रदेश सदस्य डिल्ली प्रसाद उप्रेती एबं बेची लुङेलीले ढोलक र मादल बजाएर आज तालिमको उदघाटन गर्नु भएको थियो ।

उदघाटन समारोहमा राष्ट्रिय नाच घरका पुर्ब अध्यक्ष राजेश थापा, सास्कृतिककर्मी चन्द्रलाल क्याप्छाकि, चेतना सन्देश नेपालका अध्यक्ष सुरेन्द्र लामा, सामाजिक ब्यक्तित्व चूडामणि वाग्ले, कलाकर्मी तेज नारायण आले लगायतले मन्तव्य राख्नु भएको थियोे ।कार्यक्रममा मादल, ढोलक लगायत परम्परागत लोकबाजाको प्रशिक्षण दिईने प्रशिक्षक भरत बुढाथोकीले जानकारी दिनुभयो । तालिमले रुचि भएका कलापारखीको कलालाई व्यवसायिक बनाउन सहयोग पुग्ने आयोजकले बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.