१९ जेष्ठ २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
अत्रौलीमा प्रजनन् स्वास्थ्य सम्बन्धी शिविर १५४ प्रकारका स्वास्थ्य सेवा प्रदान – Nigrani Today
प्रदेश २समाचारसमाजस्थानीय

अत्रौलीमा प्रजनन् स्वास्थ्य सम्बन्धी शिविर १५४ प्रकारका स्वास्थ्य सेवा प्रदान

सर्लाही, माघ २६ ।। सर्लाहीको हरिवन नगरपालिका २ अत्रौलीमा बृहत एकिकृत प्रजनन् स्वास्थ्य सम्बन्धी एक दिवसिय क्याम्प सम्पन्न भएको छ । वडा अध्यक्ष अर्जुन महतोको अध्यक्षता तथा नगरउपप्रमुख रेणुका कुमारी पौडेलको प्रमुख आतिथ्यतामा क्याम्प सम्पन्न भएको हो ।

क्याम्पका अवसरमा सो वडाभित्रका ९१ जना महिलाहरुको प्रजनन् स्वास्थ्य जाँच गरिएको थियो । जसमा ३४ जना महिलाको पाठेघरको मुखको क्यान्सरको जाँच गरिएको छ । त्यस्तै ३० जनाको यौन रोगको उपचार, १३ जनाको स्तन क्यान्सर स्क्रिनिङ गरिएको छ भने २ जनामा आङ्ग खस्ने समस्याको स्क्रिनिङ्ग गरिएको छ । प्रेषण गरिएका १० जना र प्रजनन् स्वास्थ्य सम्बन्धी समस्याको परीक्षण गरिएका २३ जना गरी क्याम्पका अवसरमा १५४ प्रकारको सेवा प्रदान गरिएको हरिवन नगर स्वास्थ्य शाखाका सह संयोजक रामबाबु चौधरीले जानकारी दिए ।

क्याम्पको उद्घाटन कार्यक्रममा स्त्रीरोग विशेषज्ञ लक्ष्मी थापा, नगर शिक्षा शाखाका प्रमुख उपसचिव नवराज निरौला, हरिवन नगर स्वास्थ्य शाखाका संयोजक शशीकाकन्त सिंह, सासापुर स्वास्थ्य चौकीका डाक्टर विजय साह, नर्सिङ स्टाफ लक्ष्मी आचार्य, अत्रौली स्वास्थ्य चौकीका इन्चार्ज मोहन घिसिङ्ग र महिला स्वास्थ्य स्वयमसेविकाहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.