३० बैशाख २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा चोरी तथा हराएका ६ मोटरसाइकल हस्तान्तरण – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सर्लाहीमा चोरी तथा हराएका ६ मोटरसाइकल हस्तान्तरण

सर्लाही२६, माघ । सर्लाही प्रहरीले विभिन्न मितिमा चोरी भएको तथा हराएको ६ वटा मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण गरेका छन ।ईलाका प्रहरी कार्यालय हरिवनले हराएका तथा चोरी भएका ६ वटा मोटरसाइकलहरु सवारी धनिहरुलाई हस्तान्तरण गरेकोे छ ।

सम्बन्धि ब्यक्तिलाई हस्तान्तरण गरिएको मोटरसाइकल प्रहरीले चेकजाँच गर्ने क्रममा र दुर्घटना हुदा छोडेर भागेको अवस्थामा फेला पारेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

चोरी भएका सबै मोटरसाइकल बजाज कम्पनीको पल्सर २२० सिसि भन्दा माथिको रहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक भुपेन्द्र गिरीले जानकारी दिनुभयो ।

पछिल्लो समयमा सर्लाहीमा मोटरसाइकलको चोरीको घटना बढे सँगै मोटरसाइकल चोराउने व्यक्तिहरु पनि धमाधम पक्राउ परिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.