१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
प्रतिबन्धित लागु औषध सहित युवक पक्राउ – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

प्रतिबन्धित लागु औषध सहित युवक पक्राउ

सर्लाही, माघ २६ । सर्लाहीको पर्सा गाउँपालिका बाट प्रहरीले प्रतिबन्धित लागु औषध सहित एक युव पक्राउ परेका छन । पक्राउ पर्नेमा पर्सा गाउँपालिका वडा नं. २ संग्रामपुर बस्ने जहमद अंसारीको छोरा बर्ष २२ को फिरोज अंसारी रहेका छन ।

बुधवार वडा नं.२ नारायणपुर बोडरमा प्रहरी टोलीले प्र.२–००४प.४०७९ नं. को मोटरसाइकललाई रोकी चेक जाँच गर्ने क्रममा अंसारीले लगाएको ज्याकेटको खल्तीमा लागु औषध बरामद भएको प्रहरीले जनाएको छ ।

अंसारीले लुकाई छिपाई ल्याइको नाईट्रोभेट १० नामक १२ वटा ट्याबलेट, नाईट्रोजाम नामक २ वटा ट्याबलेट गरी जम्मा १४ वटा ट्याबलेट फेला पारी मोटरसाइकल सहित युवकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत तथा प्रहरी नायव उपरीक्षक माधब प्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.