३० बैशाख २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
एमाले सर्लाही अधिवेशन दुर्भाग्यपूर्ण भएको युवा नेता चन्द्रभुषण साहको टिप्पणी – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

एमाले सर्लाही अधिवेशन दुर्भाग्यपूर्ण भएको युवा नेता चन्द्रभुषण साहको टिप्पणी

मलंगवा ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सर्लाही जिल्ला कमिटीको ८औं अधिवेशनमा विवाद भएको छ । विवादका वीच सर्वसम्मती भन्दै अध्यक्ष मण्डलले जिल्ला कमिटीको घोषणा गरेको छ । विवाद भएपछि जिल्ला अधिवेशन पुनः गर्न माग उठेको छ ।

सर्लाही सदरमुकाम मलंगवामा सम्पन्न जिल्ला अधिवेशन दुर्भाग्यपूर्ण भएको टिप्पणी युवा नेता चन्द्रभुषण साहले गरेका छनन । साहले जिल्ला अधिवेशन विधिसम्मत नभएको बताउदै पुन जिल्ला अधिवेशन गर्न पार्टी नेतृत्वसंग माग समेत गरेका छन् ।

‘नेकपा एमालेले अंगीकार गरेको मार्क्सवाद र लेनिनवादको मुल सिद्धान्त एवं जबजको मार्गदर्शन तथा चितवनमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनको प्रतिस्पर्धात्मक लोकतान्त्रिक पद्धतिको अभ्यासको नजीरलाई नजरअन्दाज गर्दै पार्टी एकताको मुल स्प्रिट विपरीत अवैधानिक, अलोकतान्त्रिक एवं एकपक्षीय रुपमा आज गरिएको दुर्भाग्य÷बिडम्बनापूर्ण कथित सर्लाही जिल्ला अधिवेशनप्रति हाम्रो गम्भीर आपत्ति÷असहमति छ’ साहले भनेका छन् ।

जिल्ला अधिवेशनमा नेकपाकालिन कमिटी र सदस्यलाई पार्टीको सदस्यको रुपमा स्वीकार नगरेको, न्यायोचित एवं विधिसम्मत रुपमा अधिवेशन प्रतिनिधि छनौट नगरेको, छनौट भएका प्रतिनिधिहरुलाई समेत चुन्न र चुनिन पाउने अधिकारीबाट बञ्चित गरिएको, स्वयं पार्टी केन्द्रीय सदस्य एवं जिल्ला अधिवेशन अध्यक्ष मण्डल सदस्यको समेत असहमति एवं विरोधका बाबजूद पनि हतारमा कमिटी गठन गर्नुप्रति उननले आपती जनाएका छन् ।

‘हतार हतारमा हताश मनोविज्ञानका साथ कथित जिल्ला अधिवेशनलाई केवल एकपक्षीय घोषणा सभाको रुपमा प्रयोग गरी गरिएका अधुरा एवं त्रुटिपूर्ण निर्णयहरुलाई तत्काल खारेज गरी पुनः विधिविधान बमोजिम सही एवं सार्थक जिल्ला अधिवेशन गर्न गराउन पार्टी नेतृत्वको समयमैं गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु’ साहले भने ।

यसैगरी केन्द्रीय सदस्य एवं अध्यक्ष मण्डलका सदस्य रिता साहले समेत अधिवेशनको प्रक्रियाप्रति असहमती जनाएकी छन् । जिल्ला कमिटीको घोषणा हुदै गर्दा साह बन्दसत्र छोडेर हिडेकी छन् ।

सञ्चारकर्मीसंग कुरा गर्दै साहले असक्षम व्यक्तिलाई नेतृत्वमा ल्याउँदा पार्टी कमजोर हुने देखिएकाले आफ्नो सहमती नरहेको बताईन् । सर्वसम्मतको नाममा असक्षम व्यक्तिलाई जिल्ला अध्यक्ष बनाईएको भए पनि आफ्नो सहमती नभएको उननले बताईन् ।

‘विधि, प्रक्रिया नै छैन् । प्रतिनिधि छनौट पनि एकलौटी गरिएको छ । एमाले र पूर्वमाओवादीका नेतालाई समेत समेटेर एकता झल्किने गरी कमिटी निर्माण गर्नुपर्नेमा त्यस्तो देखिएको छैन्’ साहले भनिन् ।

अध्यक्ष मण्डलमा कमला महतो, बद्री न्यौपाने, रञ्जना सरकार, कल्पना कटुवा, रिता साह, रामऔतार यादव रहेका छन् । अध्यक्ष मण्डलले प्रक्रिया समेत नपुर्याई मनोमानी रुपमा कमिटीको घोषणा गरेको आरोप साहको छ ।

अध्यक्ष मण्डलले पार्टीको अध्यक्षमा राजनारायण साह, उपाध्यक्ष विदुर प्याकुरेल, सचिव केदार खत्री, सहसचिवमा प्रकाश थापा नाम घोषणा गरिएको छ । पदाधिकारी सहित सदस्य १४९ सदस्यीय हुने भनिएको छ । तर विवाद उत्पन्न भएपछि अध्यक्ष मण्डलले सदस्यको नाम घोषणा गर्न सकेन् ।

जिल्ला अधिवेशन उदघाटन गर्न पार्टी महासचिव शंकर पोखरेल, सचिव रघुवीर महासेठ, केन्द्रीय सदस्य ज्वाला साह लगायतका नेताहरु मलंगवा पुगेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.