१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
रामनगरमा विपन्न परिवारलाई न्यानो कम्बल – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

रामनगरमा विपन्न परिवारलाई न्यानो कम्बल

सर्लाही,९ फागुन । सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित रामनगरमा विपन्न परिवारलाई न्यानो कम्बलका साथै विभिन्न सामग्री वितरण गरिएको छ ।

गोर्खा वेल्फेयर ट्रष्ट नेपालले उत्थानशील खानेपानी सरसफाइ तथा विपद् तयारी कार्यक्रम अन्तर्गत वडा नं. ९ विरेन्द्र प्राथमिक विद्यालय, रामनगरमा जाडोमा सहयोग कार्यक्रम गरी न्यानो कपडा वितरण गर्नुको साथै विभिन्न सामग्री सहयोग गरेको रामनगर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको सचिव लालबाबु यादव जानकारी दिनुभयो ।

ईश्वरपुर वडा नं. ९ को कार्यालय, रामनगर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको प्रतिनिधिहरुको उपस्थितिमा गोर्खा वेल्फेयर ट्रष्ट नेपालले ३१३ विपन्न नागरिकहरुलाई न्यानो कम्बल, डसना, साबुन, माक्स वितरण गरेको सचिव यादवले जानकारी दिनुभयो ।

प्रत्येक परिवारलाई साबुन ५ पिस, माक्स ५० पिस, कम्बल, डसना, एक एक थान वितरण गरिएको थियो ।कार्यक्रममा वडा नं. ९ का वडा अध्यक्ष अमिरीलाल साह तेली, वडा सदस्यहरु, रामनगर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको अध्यक्ष योगनारायण चौधरी लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.