१३ चैत्र २०८०, मंगलवार | Email:- [email protected] | [email protected]
क्षयरोग उन्मुलन समन्धी एकदिने स्वास्थ्यकर्मी बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न – Nigrani Today
ताजा खबरप्रदेश २शिक्षा स्वास्थ्यसमाचारसमाजस्थानीय

क्षयरोग उन्मुलन समन्धी एकदिने स्वास्थ्यकर्मी बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रेमनाथ पौडेल
हरिवन,९ फागुन । सर्लाहीको हरिवन नगरपालिकामा स्वास्थ्यकर्मी बिच एकदिने क्षयरोग मुक्त नगर घोषणा समन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ ।हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाईंको अध्यक्षतामा स्वास्थ्य तथा सामाजिक शाखा हरिवनले अन्तरक्रिया कार्यक्रम नगरपालिकाको आफ्नै सभाहलमा सम्पन्न गरेको हो ।

सन २०३०सम्ममा देश लाईनै पुर्ण क्षयरोग मुक्त देश घोषणा गर्ने लक्ष्य अनुरुप हरिवन नगरपालिकालाई पनि कसरी क्षयरोग पुर्ण मुक्त नगरपालिका घोषणा गर्न सकिन्छ भनेर गत पौष महिनामा नै नगर प्रनुख प्रसाईंको संयोजकतवमा नगर कमिटीको गठन गरि स्वास्थ्यकर्मीलाई क्षमता अभिबृद्दी समन्धी तालिम प्रदान गरि घरधुरी सर्भेक्षण समेत सकिएको हरिवन नगर स्वास्थ्यशाखा सह–संयोजक रामबाबु चौधरीले बताउनु भयो ।

जिल्ला का २०स्थानिय तह मध्ये सबै भन्दा बढी मलंगवामा ८८ जना लालबन्दी मा ६५,कबिलासीमा ६१जना र हरिवनमा ५८ जना क्षयरोगका रोगीहरु रहेको छलफल कार्यक्रममा जानकारी गराइएको थियो ।यसै बिच मंगलबार नगरपालिकाले नगर लाई कसरी प्रभावकारी रुपमा रोग निदान र पुर्ण रोग उन्मुलन नगरघोषणा गर्न सकिन्छ भन्ने बारेमा सरोकार ब्यक्तीहरु बिच अन्तरक्रिया कार्यक्रम गर्ने भएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

नगर लाई पुर्ण क्षयारोग मुक्त नगर घोषणा गर्नको लागि क्षयरोग न्युनिकरण सेन्टर ठिमी भक्तपुरले बजेट बिनियोजन समेत गरि पठाई सकेकोले कार्यक्रम लाई कति छिटो संचालन गर्न सकिन्छ भन्ने बारेमा स्वास्थ्यकर्मी बिच छलफल गरिएको हो ।कार्यक्रममा बागमती सेवा समाजका क्षयरोग कार्यक्रम जिल्ला संयोजक अम्जाद अलि मिकरानी, स्वास्थ्यशाखा संयोजक शशिकान्त सिंह,स्टाप नर्स लक्ष्मी आचार्य नगरपालिका भित्र रहेका स्वास्थ्यचौकीका प्रमुख स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो ।

यसै बिच हरिवन ४सासापुर स्वास्थ चौकीका महिला स्वास्थ स्वयम् सेबिकाहरुको क्षमता अभिबृद्दी तालिम तथा अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।सासापुर स्वास्थ्यचौकी अन्तरगत रहेर काम गर्ने वडा नम्बर ३र४का १२जना र थप दुई जना गरि १४ जना स्वयम् सेविकाहरुलाई काम गर्ने तौर तरिका र समाजमा गएर काम गर्दा प्रस्तुत हुने उपायको बारेमा जानकारी गराउनुको साथै उनीहरुले आ आ आफ्नो वडा र कार्यक्षेत्रमा बिगत छ महिना भित्र गरेका कामको प्रगती बिवरणका बारेमा जानकारी लिनु को साथै समस्या र चुनौतीको बारेमा समेत छलफल गरिएको सासापुर स्वास्थ्य चौकीका ईन्चार्ज श्यामबिनोद कुश्वाहले बताउनु भयो ।कार्यक्रममा स्वास्थ्य संयोजज शशिकान्त सिंह ,सह संयिजक रानबाबु चौधरी ,स्टाप नर्स लक्ष्मी आचार्य लगायत ले कार्यक्रम को सहजिकरण गर्नु भएको सासापुर स्वास्थ्यचौकी ले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.