१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
स्याँलले टोकेपछि विष्णु गाउँपालिकामा १५ जना घाइते,६ जनालाई काठमाडौं पठाइयो – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

स्याँलले टोकेपछि विष्णु गाउँपालिकामा १५ जना घाइते,६ जनालाई काठमाडौं पठाइयो

सर्लाही,१०फागुन । भारत सँग सिमा जोडिएको सर्लाहीको दक्षिण पश्चिम भेगमा पर्ने विष्णु गाउँपालिकामा मंगलवार बिहान स्याँलले टोकेपछि १५ जना घाइते भएका छन ।

वडा नं. २ र ४ गरी १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित सूचना अधिकृत कृष्ण गिरीले जानकारी दिनुभयो । घाइते १५ जना मध्ये जिल्ला अस्पताल मलंगवामा १२ जनैलाई रेविज खोप लगाइएको छ ।

घाइतेहरु १५ जना मध्ये ६ जनालाई शरिरको विभिन्न भागमा टोकेको हुदाँ इमिनोग्लोबिनको लागि काठमाडौं पठाइएको जिल्ला अस्पतालका मेसु डा. नवलकिशोर झा जानकारी दिनुभयो ।

अस्पतालमा आएका १२ जना मध्ये ६ जनालाई काठमाडौं पठाइएको छ भने बाँकिको जिल्ला अस्पताल मलंगवामा उपचार पश्चात घर फर्किसकेका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.