१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
समाजवादी निकट युवा संघ नेपालले एमसीसी विरुद्ध देश भरि प्रदर्शन गर्याे – Nigrani Today
ताजा खबरसमाचार

समाजवादी निकट युवा संघ नेपालले एमसीसी विरुद्ध देश भरि प्रदर्शन गर्याे

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले एमसीसी विरुद्ध देश भरि प्रदर्शन गरि रहेको छ। युवा संघ नेपाल मातहतको विभिन्न बिभागहरु, प्रदेश कमिटीहरु र जिल्ला कमिटीहरुको आयोजनामा संघर्षका कार्यक्रमहरु भइ रहेको छ।

सांसदमा एमसीसी टेबल गरेको र पास गर्ने षड्यन्त्र देखीएको हुदा देशभक्त प्रगतिशील युवाहरुले आन्दोलन गरिरहेको र भोलि ११ गते, २स्०० बजे नयाँ बानेश्वरमा साङ्केतिक जुलुस स्वरुप ूसडक दोहोरीू गर्ने युवा संघको सस्कृती तथा समाबेशि बिभागको आयोजनामा हुने बिभाग प्रमुख बबिता पाण्डेले बताइन ।

युवा संघ नेपालले एमसीसी विरुद्ध देश व्यापी आन्दोलन गरि रहेको साथै एमसीसी दान नभई ऋण रहेको, प्रायः विदेश सहयोग नेपाली जनताको हित विपरीत रहेको बताउदै एमसीसी नेपालको कानुन र संबिधान भन्दा माथि हुनेगरी सम्झैता हुनलाग्दा आफुहरु चुप लागेर बस्न नसक्ने संघका संघका सचिव तथा कार्यलय प्रमुख नरेश गिरिले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.