२५ बैशाख २०८१, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा ट्रिफरले मोटरसाइकलाई ठक्कर दिदाँ एक जनाको घटना स्थलमै मृत्यु – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सर्लाहीमा ट्रिफरले मोटरसाइकलाई ठक्कर दिदाँ एक जनाको घटना स्थलमै मृत्यु

सर्लाही,१३ श्रावन। सर्लाहीमा सवारी दुर्घटना हुदाँ एक जनाको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको ईशनाथ नगरपालिका वडा नं. ५ लक्ष्मिनिया टोल बस्ने महेन्द्र साहको छोरा अन्दाजी २६ वर्षिय मुकेश साह रहेको छ ।

आज बिहान सर्लाहीको बरहथवा नगरपालिका वडा नं. १० किशनपुर टोल स्थित भित्री सडक खण्डमा दक्षिण बाट उत्तर तर्फ आउदै गरेको बागमती प्रदेश०३–००१ क ०१९६ नम्बरको ट्रिफर गाडीले बिपरित दिशा बाट जादै गरेको ना २१ प ७४०१ नम्बरको मोटरसाइकलाई ठक्कर दिदाँ रौतहट निवासी मोटरसाइकल चालक साहको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

साहलाई ठक्कर दिने टिफर र ट्रिफर चालक ईलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय बरहथवाको डिएसपी उमाशंकर प्रसाद यादवले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.