१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
बागमती नगरपालिकाको चेपाङ्ग बस्तीमा विपन्न परिवारलाई लुगा वितरण – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

बागमती नगरपालिकाको चेपाङ्ग बस्तीमा विपन्न परिवारलाई लुगा वितरण

सर्लाही,११ फागुन । सर्लाहीको बागमती नगरपालिकामा विभिन्न किसिमको लुगा वितरण गरिएको छ । बागमती नगरपालिका वडा नं. ४ स्थित चेपाङ्ग बस्तीमा गृह मन्त्रालय, विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाकोले पठाएको विभिन्न लुगाहरु प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम लगायत विभिन्न व्यक्तिहरुको उपस्थितिमा वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर मुकेश यादवले जानकारी दिनुभयो ।

गृह मन्त्रालय, विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाकोले विपन्न,दलित, पिछिडिएको क्षेत्र, तथा विपन्न बालबालिकाहरुको लागि विभिन्न किसिमको लुगा पठाएको हुदाँ जिल्ला विपद व्यवस्थापन समितिको निर्णय अनुसार बुधवार बागमती नगरपालिकामा पातलो ज्याकेट,मोटो ज्याकेट, भेष्ट लगायत महिलाहरुले प्रयोग गर्ने अन्य लुगा वितरण गरिएको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिनुभयो ।

बुधवार १० देखि १५ वर्ष उमेर समुहका बालबालिका, विपन्न, दलित तथा ३० घरधुरी चेपाङ्ग गरी १ सय ९८ जनालाई विभिन्न किसिमको लुगा वितरण गरिएको छ । सर्लाहीको २० वटै पालिकाहरुमा लुगा वितरण गर्ने कार्यक्रम रहेको छ, बुधवार बागमती नगरपालिका बाट सुरु गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाउको छ ।

लुगा वितरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाई, सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ, उप. अ.नि. का चन्दन कुमार झा, बागमती नगरपालिका उपमेयर लिला मोक्तान, लगायत विभिन्न व्यक्तिहहरुको उपस्थिति रहेको थियो । यस अघि पनि विभिन्न पालिकामा रहेका सामुदायिक विद्यालयहरुमा जिल्ला विपद व्यवस्थापन समितिले ७ सय जना बालबालिकाहरुलाई न्यानो स्विटर वितरण गरिसकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.