१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
समाजिक कार्य गर्दै व्यवसायी कडरियाले मनाए आफ्नो जन्मोत्सव – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

समाजिक कार्य गर्दै व्यवसायी कडरियाले मनाए आफ्नो जन्मोत्सव

प्रेमनाथ पौडेल
हरिवन,११ फागुन । सर्लाहीको हरिवन नगरपालिकाका एक व्यवसायीले समाजिक कार्य गर्दै आफ्नो जन्मोत्सब मनाएका छन ।हरिवन नगरपालिका वडा नं. ११ कडरिया चौक घर भएका व्यवसायी तथा नगरिक अभियान सर्लाहीका जिल्ला अध्यक्ष समाजसेवि ऋृषि कडरियाले आफ्नो जन्म ३१औ बर्षमा प्रवेश गरेको अवसरमा आफ्नै वडा भित्रका विपन्न दस घर परिवारलाई खाध्यन्न सहयोग प्रदान गर्दै जन्मदिन मनाएका हुन ।

पछिल्लो समय खर्चिलो र भडकिलो पारामा पश्चिमेली संस्कृतीलाई अंगाल्दै केक काटेर जन्मोत्सव मनाउने लहर चलिरहेको बेला समाज सेवी कडरियाले भने विपन्न परिवार लाई खाध्यन्न सहयोग गर्दै आफ्नो जन्मोत्सव मनाएका हुन ।दिन भरी काम गरेर पनि आफ्नो घर परिवारको चुलो बाल्न र दुई छाक खान पनि गार्होमा परेका आफ्नो वडाका अतिविपन्न दस घर परिवार लाई प्रती घर परिवार चामल दाल, नुन, तेल, पिठो, चाउचाउ लगायतका सामाग्री सहयोग गरेको समाज सेवी कडरियाले बताउनु भयो ।

सहयोग प्रदान गरेको खाध्यन्नमा चामल २५ केजि, पिठो ३ केजि ,आलु ३ केजि ,नुन १ केजि ,चाउचाउ १÷१कार्टुनका दरले प्रदान गरेका हुन ।कडरिया बन्धु सेवा समाजका कोषाध्यक्ष तथा कडरिया कोल्ड स्टोरका प्रोपाईटर समेत रहेका समाजसेवी कडरियाले आफ्नो जन्मोत्सवमा दुखी गरिब र असहायको सहयोग गर्न पाउँदा मनमा निकै नै खुसी छाएको बताउनु भयो ।सहयोग वितरण कार्यक्रममा नेकपा एमालेकी महिला नेत्री अंजना पन्त कडरिया लगायत विभिन्न समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.