१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
लालबन्दी नगरपालिकामा रहेको स्वास्थ्य संस्थाहरुको अनुगमण, ईजाज बिनै अस्पतालहरु संचालन – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

लालबन्दी नगरपालिकामा रहेको स्वास्थ्य संस्थाहरुको अनुगमण, ईजाज बिनै अस्पतालहरु संचालन

सर्लाही,११ फागुन । सर्लाहीको लालबन्दी नगरपालिकामा रहेको स्वास्थ्य संस्थाहरुको अनुगमण गरिएको छ । लालबन्दी नगरपालिकामा बिना ईजाजत पत्र , मापदण्ड बिपरीत स्वास्थ्य संस्थाहरु संचालन भएको उजुरी परेको आधारमा बुधवार वडा नं. १ नवलपुरमा रहेको स्वास्थ्य संस्थाहरुको लालबन्दी नगरपालिकाका विभिन्न पदाधिकारीहरुले अनुगमण गरेको छ ।

लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव तिमलसिना, स्वास्थ्य शाख प्रमुख मोमताज मिकरानी, वडा नं. १ को वडा अध्यक्ष पञ्चलाल स्यागबो,राजस्व शाख र प्रशासन शाखा तथा पत्रकारहरुको संयुक्त टोलीले लालबन्दी नगरपालिका वडा नं. १ मा रहेका सम्पूर्ण स्वास्थ्य संस्थाहरु अवैध ढंगले संचालन भएको भनी अनुगमण गरिएको लालबन्दी नगरपालिकाका अधिकृत छैठो रेवती प्रसाद पौडेलले जानकारी दिनुभयो ।

.लालबन्दी नगरपालिकाका संयुक्त अनुगमण टोलीले संंजय कुमार औषधालय, सत्यनाम हेल्थकेयर, श्रीराम औषधालय, गणपती अस्पताल, गैर औषधालय लगायत १० वटा स्वास्थ्य संस्थाहरुमा अनुगमण गर्दा अधिकांश स्वास्थ्य संस्थाहरु नियम बिपरीत संचालन भएको देखिएको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिमलसिनाले जानकारी दिनुभयो ।

अनुगमण गर्दा आवश्यक इजाजतपत्र नलिएको, आवश्यक पक्रृया पुरा नगरी स्वास्थ्य संस्था संचालन गरेको, प्रयाप्त जनशक्ती व्यवस्थापन नभएको, कार्यालय व्यवस्थापन नभएको, नगरपालिकाको ईजाजतबिनै संचालन भएको देखिएको प्रशासकीय अधिकृत तिमलसिनाले बताउनुभयो । औषधी पसल चलाएका भरमै मेडिकल अधिकृत बिना ईजाजत राखेको धेरै पाइयो तत्काल बन्द गर्न निर्देशन दिइएको प्रशासकीय अधिकृत तिमलसिनाले जानकारी दिनुभयो । मंगलवार लालबन्दी बजार क्षेत्रमा रहेको स्वास्थ्य संस्थाहरुको अनुगमण गरिएको थियो, अनुगमण कार्य केहि दिन निर्रन्तर चल्ने लालबन्दी नगरपालिकाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.