१७ माघ २०७९, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
मदार बाबा दर्शन गर्न गएका एक भारतीय नागरिकको मृत्यु – Nigrani Today
ताजा खबरसमाचारसमाज

मदार बाबा दर्शन गर्न गएका एक भारतीय नागरिकको मृत्यु

संजय कुशवाहा 

नवलपरासी १२ फागुन  । नवलपरासीमा मदारबाबा मेला भर्न आएका एक भारतीय पुरूषको मृत्यु भएको । नवलपरासी पुर्व विनई त्रिवेणी गाउँपालिका वडा न.६ परसैया स्थितबाट नै किलोमिटर दुर्गम पहाडीमा रहेकाे मदारबाबा मजारमा दर्शन गर्न जादै गरेको अवस्थामा भारतकाे कुशीनगर जिल्ला स्थित कप्तानगञ्ज घर भएका अन्दाजी ४५ वर्षका विनाेद सहानी नाम गरेका व्यक्तिकाे पहाड चढ्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

घटनाकाे अनुसन्धान भइरहेकाे तथा उनका आफन्तलाइ बाेलाउने खबर गरिएकाे पुर्वि नवलपरासीका प्रहरी निरीक्षक मधुसुदन सिंहले बताए । प्रहरी निरीक्षक सिंहले दिएकाे जानकारी अनुसार विहिवार विहान साढे १० बजे प्राप्त भएकाे खबर अनुसार प्रहरी घटना स्थल पुगेर शव मुचुल्का तयार गरि पाेष्टमार्टमका लागि पश्चिम नवलपरासी पठाएकाे छ ।

उनले अगाडि भने, मृत्यु हुनुकाे कारण खुल्न सकेकेा छैन । उनका घरका परिवारलाइ बाेलाइएकाे छ । उहाँहरू समेत आइसकेपछि हुने अनुसन्धानबाट मृत्युकाे कारण खुल्ने बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.