भूमिहिन सुकुम्बासी सम्बन्धि सरोकारवाला निकाय सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

सर्लाही,१३ फागुन।सर्लाहीको चन्द्रनगर गाउँपालिकामा भूमिहिन सुकुम्बासी दलित तथा अव्यवस्थित बसोवासीहरुलाई जग्गा व्यवस्थापन सम्बन्धमा सरोकारवाला निकाय सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
शुक्रवार साप नेपालको आयोजना तथा चन्द्रनगर गाउँपालिकाको अध्यक्ष महेन्द्र महतोको अध्यक्षतामा सुरु गरिएको कार्यक्रममा जग्गा बिहिन दलित,सुकुम्बासी तथा अव्यबस्थित बसोबासीहरुलाई के कसरी व्यवस्थापन गर्ने ,जग्गा सम्बन्धि विभिन्न समस्या, लालपुर्जा वितरण गर्ने प्रकृयाको बारेमा विषयमा चर्चा गरिएको थियो ।
कार्यक्रममा भूमिहिन समस्या आयोगका निबर्तमान अध्यक्ष राजकुमार यादव, चन्द्रनगर गाउँपालिकाका उपाध्यक्ष विणा देवी साह,शिक्षा शाखाका अधिकृत छैठो कमला बस्नेत, वडा नं २ का वडा अध्यक्ष रामनारायण महतो, ३ का सिताराम महतो, ४का जग्दिश साह, ५ का नन्दलाल यादव, ६ का रामचन्द्र कापर,वडा नं ७ का रामनारायण कुवर ,साफ नेपालका कार्यक्रम संयोजक जनक कार्की , भोर नेपालका प्रतिनिधि राजकुमार महतो लगायत स्थानीयहरुको उपस्थित रहेको थियो।