१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सापकोटाको अध्यक्षतामा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको १७ सदस्यीय जिल्ला कमिटी गठन – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सापकोटाको अध्यक्षतामा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको १७ सदस्यीय जिल्ला कमिटी गठन

सर्लाही,१३फागुन। नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन सर्लाहीको ११ अौ भेला लालबन्दी शुक्रबार सम्पन्न भएको छ ।

संगठनका केन्द्रीय उपाध्यक्ष नौतम् पोखरेलको उपस्थितमा आयोजित भेलाले बैकुण्ठ सापकोटाको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो।
भेलाले उपाध्यक्षमा दिनेश घिमिरे , उपाध्यक्ष (महिला) लक्ष्मी आचार्य ,सचिव गौरव खड्का ,सहसचिव ,अनिलकुमार सिह,कोषाध्यक्ष टेष्टराज भण्डारी ,सदस्य भिष्मराज भट्टराई ,चुलाइ राय,सुरेन्द्रप्रसाद मण्डल ,विजय महतो ,निर्मला शर्मा ,भिम विक,नविन यादव ,रेवतीप्रसाद पौडेललाई सर्वसम्मतीले चयन गरिएको बताएको छ। त्यसैगरी भेलाले प्रदेश प्रतिनिधिमा विद्यासागर कर्ण, चित्रबहादुर विक र चम्पिका रायामाझीलाई छनौट गरेको नवनिर्वाचित सचिव गौरव खड्काले जानकारी दिनुभयो ।

भेलामा संगठनका जिल्ला उपाध्यक्ष विद्यासागर कर्ण, लालबन्दी नगरपालिकाका नगर प्रमुख मानबहादुर खड्का, उप प्रमुख शान्ति लामा, प्रमुख प्रशासकीय अधिकृत वाशु तिमिल्सिना , नेकपा एमालेका जिल्ला उपाध्यक्ष विदुर प्याकुरेल एमालेका युवा नेता प्रकाश थापा लगायतको सहभागीता रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.