१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
लालबन्दी जेसीजले लालबन्दी गुरुकुलममा गरे खाधान्न हस्तान्तरण – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

लालबन्दी जेसीजले लालबन्दी गुरुकुलममा गरे खाधान्न हस्तान्तरण

सर्लाही, १३ फागुन। मानवताका लागि सामाजिक सेवामा सकृय लालबन्दी जेसीजले एक कार्यक्रमका विच खाधान्न हस्तान्तरण गरेको छ ।

लालबन्दी नगरपालिका वडा नं ७ दुमडुमे मन्दिर देवालय परिसरमा रहेको लालबन्दी गुरुकुलमका शिक्षारत शिष्य र शिक्षा ब्यबस्थापनका आचार्य गुरुहरुका लागि १८० केजी चामल, ५० केजी आलु, १० लिटर खानेतेल ,१० केजी दाल ,१० केजी नुन लगायत सामाग्री हस्तान्तरण गरिएको लालबन्दी जेसिजका महा सचिव मनोज बख्रेलले जानकारी दिनुभयो ।

शुक्रवार साझ जेसिजका उपाध्यक्ष सुमन थापाको संयोजकत्वमा खाधान्न हस्तान्तरण भएको हो उक्त समारोहमा संस्थाका अध्यक्ष सन्तोष पौडेल, निवर्तमान अध्यक्ष श्याम कुमार खड्का, सस्थापक अध्यक्ष किरण घिमिरे एवं लालबन्दी जेसीज बर्ष २०२२ र २०२१ का अधिकांस पदाधिकारीको उपस्थिति रहेको कार्यक्रम संचालक कानुनि सल्लाहकार सरोज न्यौपाने ले बताउनु भयो ।

सस्थापक अध्यक्ष किरण घिमिरेको प्रमुख आतिथ्यतामा समपन्न कार्यकममा दाता हरुलाई गुरुकुलमका प्रध्यानाध्यापक, मुख्य ब्यबस्थापक देविबन्धु थापा , ब्यबस्थापक तथा ब्यबस्थापन समितिका सकृय व्यत्तित्व ऋषि प्रसाद सुवेदी लगयातले खादा तथा रामनामी सहित स्वागत गरिएको छ । कार्यक्रमका सुरुवातमा शिक्षारत बटुक हरुबाट स्वस्ति वाचन गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.