१३ चैत्र २०८०, मंगलवार | Email:- [email protected] | [email protected]
सर्लाहीको मतदाता पौने पाँच लाख – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सर्लाहीको मतदाता पौने पाँच लाख

सोम दियाली,
सर्लाही ,१३ फागुन।सर्लाहीमा मतदाताको संख्या बढेको छ । आगामी चुनावमा सर्लाहीमा पौनो ५ लाख बढीले मतदान गर्न पाउने छन् । २०७९ साल वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा सर्लाहीबाट ४ लाख ७५ हजार ९७१ जनाले मतदान गर्न पाउने भएका हुन् ।

मतदाता नामावली अध्यावधिक पछि सो संख्यामा केही तलमाथि भएपनि सामान्यतया यही संख्या कामय रहन सक्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । २०७४ मा भएको निर्वाचनका बेला सर्लाहीमा मतदाताको संख्या तीन लाख ८५ हजार थियो ।

९ ओटा गाउँपालिका र ११ ओटा नगरपालिका गरी सर्लाहीमा देशमै सबैभन्दा बढी २० ओटा स्थानीय तह रहेका छन् । जिल्लामा यस पटक पनि साविकको ३१८ मतदान स्थल नै कायम हुनेछ । तर मतदान केन्द्र भने साविकभन्दा केहीमा संख्या थप हुनेछ । गएको निर्वाचनमा ५१६ मतदान केन्द्र रहेको सर्लाहीमा यस पटक सो संख्या बढेर ५४३(निर्वाचन आयोगले तोक्न बाँकी) हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अध्यावधिकको कार्य फागुन १९ गते देखि २६ गतेसम्ममा गरिसक्ने जनाएको छ ।

जसअन्तर्गत फागुन १९ गते जिल्लाका २ सय ओटै वडा कार्यालयहरुमा अहिले सम्मको अन्तिम नामावली पठाईने छ । फागुन २० गते मतदाता नामावलीमा भएको त्रुटी सच्याउने, नामावलीमा कसैले झुट्टा विवरण दिएको भए सो को विरुद्ध उजुरी गर्ने, कुनै एक मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएको भए त्यसलाई सच्याउने, मृत्यु भई सकेका मतदाताको नाम हटाउन सूचना दिने, मतदाताको मृत्यु भएको हो होईन प्रमाणित गराउने, झुट्टा विवरणका सम्बन्धमा उजुरी परेको भए त्यसको सफाई दिने र नागरीकता त्याग गरेका व्यक्तिहरुको नाम समेत नामावलीबाट हटाउने लगायतका काम गरी २५ गते अन्तिम नामावली प्रकाशन गर्ने र २६ गते सो नामावली निर्वाचन आयोगमा पठाउने जिल्ला निर्वाचन कार्यालय सर्लाहीका  निर्वाचन अधिकारी दिवाकर भुजेलले बताए ।

‘फागुन १९ देखि २६ गते सम्ममा मतदाताको अन्तिम नामावली आयोगमा पठाई सक्ने कार्यक्रम छ । सामान्यतया मृत्युभएकाहरुको स्थानीय पञ्जीकाधिकारीहरुबाट प्रमाणित गराउने, नामवलीमा नाम ठेगाना त्रुटी भएको भए, बसाईँ सरेको भए त्यसलाई सच्याउने काम गरिन्छ ।’, निर्वाचन अधिकारी भुजेलले भने,‘कसैको दाबी विरोध परेमा त्यसको सफाई दिने काम समेत गरिन्छ, अध्यावधिकका क्रममा हाल कायम रहेको संख्यामा केही तलमाथि हुन सक्छ ।’

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षता तथा जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा तिनै सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा प्रतिनिधि, जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.