१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
स्वास्थ्य सेवा दिवसको अवसरमा निगरानी टुडेका सह–सम्पादक सहित ८०जना सम्मानित – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

स्वास्थ्य सेवा दिवसको अवसरमा निगरानी टुडेका सह–सम्पादक सहित ८०जना सम्मानित

जिल्लाकै उत्कृष्ट स्वास्थ्य सेवामा हरिवन नगरपालिका

हरिवन,१५ फागुन । २४आंै स्वास्थ्य सेवा दिवसको अवसरमा निगरानी टुडेका सह–सम्पादक सहित ८०जना सम्मानित भएका छन । २०५३ सालमा निजामती सेवा नियमावली लागु भए पछि स्वास्थ्यक्षेत्रमा काम गर्ने कर्मचारीहरुले हरेक बर्ष फाल्गुण १५लाई दिवसको रुपमा मनाउँदै आए अनुरुप सर्लाहीमा पनि आज विभिन्न कार्यक्रम गर्दै स्वास्थ्य सेवा दिवस मनाइएको छ ।

यसै बिच हरिवन नगरपालिका स्वास्थ्य तथा सामाजिक विकाश शाखाले एक कार्यक्रम गर्दै संचारकर्मी ,विभिन्न स्वास्थ संस्था प्रमुख स्वास्थ्यकर्मीका साथै नगरपालिका भित्र रहेका स्वास्थ्यसंस्थामा कार्यरत स्वास्थ्यकर्मी लगायत ८०जना लाई सम्मान गरि कार्यक्रम सम्पन्न गरेको हरिवन नगर स्वास्थ्य सह–संयोजक रामबाबु चौधरीले बताउनु भयो ।

यस अघिका बर्षहरुमा दिवस खासै भव्यरुपमा नमनाए पनि यस पटक कोभिड १९लगायतको विषम परिस्थितिमा समेत विभिन्न संघ संस्था, स्वास्थ्यसंस्था ,स्वास्थ्यकर्मीका साथै संचारकर्मीले समेत कुनै प्रवाह नगरी सेवा पुर्याएको प्रती कामको मुल्यांकन गर्दै मनोबल वृद्धी गराउने उदेश्यले नगर स्वास्थ्यशाखाले दिवसको अवसरमा सबैलाई दोसल्लाका साथै सम्मानपत्र बाट सम्मान गरेको हरिवन नगरपालिकाले जनाएको छ ।

सम्मानित हुनु हुनेमा निगरानी टुडे दैनिकका सह–सम्पादक प्रेमनाथ पौडेल ,भाईरल पोष्टका प्रकाशक सोमदियाली, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नवलकिशोर झा, बागमती सेवा समाजका अध्यक्ष भरतकुमार कार्की ,नमुना अस्पतालका डाक्टर अनिल चौधरी ,परिवार नियोजनका डा. प्रमोद साह ,हरिवन अस्पतालका ईन्द्रजित महतो ,स्वाभिमान अस्पतालका संचालक गौरी महतो ,सर्लाही जीवन अस्पतालका अमृता उप्रेती ,सासापुर स्वास्थ्यचौकीका मेडिकल सुपरिटेन्डेन्ट डा. बिजय झा ,हरिवन नगर स्वास्थ्य संयोजक शशिकान्त सिंह ,सह–संयोजक रामबाबु चौधरी नगरपालिका भित्र रहेको विभिन्न स्वास्थ्यचौकिमा कार्यरत प्रमुख स्वास्थ्यकर्मी लगायत रहेका छन ।

जब सम्म नागरिक स्वस्थ हुन सक्दैनन तब सम्म सुखी नेपाली समृद्ध नेपालको परिकल्पना गर्न नसक्ने हुदा समाज र नागरिकको स्वास्थ्य स्वस्थ बनाउन सबैको साथ र सहयोगको आवकश्यक रहेको कार्यक्रमकाबक्ताहरुले मनतब्य राखेका थिए ।सबैको साथ र सहयोगकै कारण हरिवन नगरपालिकाको स्वास्थ्य सेवा जिल्लाकै उत्कृष्ट र नम्बर एकमा पर्न सफल भएको बताएको थियो ।

कोभिड १९को खोप कार्यक्रममा प्रदेश ले ६४प्रतिशत जिल्लाले ७४प्रतिशत मात्रै सफलता हासिल गर्न सफल भएकोमा हरिवन नगर पालिकाले जिल्लामानै उत्कृष्ट काम गरि लक्ष्यको ८४प्रतिशत सेवा दिन सफल हुँदै प्रथम हुन सफल भएको प्रती जनस्वास्थ्य अधिकृत नवलकिशोर झाले खुलेर प्रशंसा गर्नु भयो ।

नगर स्वास्थ्य समिति संयोजक यज्ञबिनोद ढुङ्गेलको अध्यक्षता तथा नगर प्रमुख गणेश प्रसाईंको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सासापुर स्वास्थ्यचौकीका प्रमुख श्याम बिनोद कुश्वाहको स्वागत मन्तब्य रहेको थियो भने कार्यक्रमको उदेश्यको बारेमा नगर स्वास्थ्य शाखा संयोजक शशिकान्त सिंहले प्रस्तुत गर्नु भएको कार्यक्रममा नगर उप–प्रमुख रेनुका पौडेल ,प्रमुख प्रसासकिय अधिकृत सुरेन्द्र प्रधान ,जिल्ला जनस्वास्थ्य अधिकृत नवलकिशोर झा ,हरिवन नगरपालिका वडा नम्बर ९का वडा अध्यक्ष सिताराम पोख्रेल ,हरिवन अस्पतालका डा ईन्द्र जित महती लगायतले हरिवन नगरको स्वास्थ अवस्था र स्वास्थ्य शाखाले पुर्याएको कामको बारेमा आ–आफ्नो धारणा राख्नु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.