१४ जेष्ठ २०८०, आईतवार | Email:- [email protected] | [email protected]
सर्लाहीले पायो रक्षा मन्त्रालय – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

सर्लाहीले पायो रक्षा मन्त्रालय

सर्लाही ३ माघ । सर्लाहीले रक्षा मन्त्रालय पाएको छ।सर्लाही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरि प्रसाद उप्रेती आज मन्त्री बन्नु भएको छ। उहाले आजै मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको छ ।

नेकपा एमालेबाट निर्वाचित सर्लाहीको बरहथवट नगरपालिका निवासी उप्रेतीलाई रक्षा मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।

गएको मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उप्रेतीले सर्लाही क्षेत्र नम्बर ३ बाट ३२ हजार ९३८ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको थियोे ।

उप्रेती २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ३ बाटै संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो भने पहिलो संविधानसभा निर्वाचन २०६४ मा पराजित हुनुभएको थियो।

नेकपा एमाले रहेर लामो समय राजनीति गर्नुभएका उप्रेतीलाई पार्टी भित्र सहज र सरल स्वाभाव भएका नेताको रुपमा लिइन्छ । पार्टी बाहिर उहालाई सामुहिक काममा सक्रिय हुने र सहयोगी भावनाको नेताको रुपमा चिन्निन्छ।

सत्ता गठबन्धन दलबीच गएराति भएको सहमति अनुसार आज दिउँसो १ बजे नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको सफथ गराउने कार्यक्रम तय भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.