१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा मानसिक सन्तुलन गुमाएका पुरुषको शंकास्पद मृत्यु – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीमा मानसिक सन्तुलन गुमाएका पुरुषको शंकास्पद मृत्यु

सर्लाही,२२ फागुन ।सर्लाहीमा मानसिक सन्तुलन गुमाएका एक पुरुषको शंकास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका वडा नं.२ बस्ने सन्चर सिंह मोक्तानको छोरा ३५ वर्षिय ब्रितम मोक्तान रहेको जिल्ला प्रहरी कार्यालयका निमित सूचना अधिकृत जटाशंकर यादवले जानकारी दिनुभयो ।

सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १७ रानिगन्ज स्थित आज कालिन्जोर पुलबाट थोरै पूर्वतर्फ पूर्व–पश्चिम राजमार्ग छेउमै शंकास्पद अवस्थामा मोक्तानको शव फेला परेको थियो ।

राजमार्गमा हिँडेका मानिसहरुले शव देखेपछि प्रहरीमा खबर गरेको सूचना अधिकृत यादवले बताए। मृतकको टाउको र घाँटीमा चोट रहेकाले मृत्कको शव हेर्दा सवारी साधन बाट घिसारिएर मृत्यु भएको देखिन्छ तर सवारी दुर्घटना बाट नै मृत्यु भएको अहिले भन्न नसकिने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए ।

घटनास्थलमा जिल्लाबाट फरेन्सिक टोलीे र प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर पनि परिचालित गरिएको थियो र घटना बारे अन्य अनुसन्धान कार्य भैरहेको प्रहरी उपरीक्षक एसपी प्रसाईले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.