ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय
साहको अध्यक्षतामा राष्ट्रिय युवा संघ नेपालको ५१ सदस्यीय मलंगवा नगर कमिटी चयन

सर्लाही,२२ फागुन। सर्लाहीको मलंगवा नगरपालिकामा नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको प्रथम मलंगवा नगर अधिवेशन सम्पन्न भएको छ ।
आइतवार राष्ट्रिय युवा संघ नेपालको आयोजना तथा नेकपा (एमाले)को युवा नेता चन्द्र भुषण साहको प्रमुख आतिथ्यमा राष्ट्रिय युवा संघ नेपालको प्रथम मलंगवा नगर अधिवेशन आज सम्पन्न भएको हो ।
अधिवेशन बाट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा दाताराम साह, उपाध्यक्षमा निपु कुमार राम, सचिवमा रविन्द्र साह, उपसचिवमा फिरोज बैठा र अशोक साह सहित ५१ सदस्य नगर कमिटी सर्वसहमत रुपमा चयन भएको आयोजकले जनाएको छ ।