२६ बैशाख २०८१, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
लालबन्दीमा समाजवादी अनेमसंघको प्रशिक्षण कार्यक्रम सम्पन्न – Nigrani Today
ताजा खबरप्रदेश २समाचारस्थानीय

लालबन्दीमा समाजवादी अनेमसंघको प्रशिक्षण कार्यक्रम सम्पन्न

सर्लाही , २२ फागुन । नेकपा एकीकृत समाजवादीे निकट अखिल नेपाल महिला संघ सर्लाहीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने भएको छ । एकीकृत समाजवादीे निकट अखिल नेपाल महिला संघको आयोजता तथा अन्जु पौडेलको अध्यक्षतामा आइतवार लालबन्दी नगरपालिका स्थित लालबन्दी पाटी प्यालेसमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

हरेक वर्ष मार्च ८ का दिन मनाईदै आएको दिवस यसपटक ‘११२औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको रुपमा विश्वका श्रमजिवी महिलाहरु एक हौ, कार्यकारी अधिकार सहितको ५० प्रतिशत महिला सहभागिता सुनिश्चिता गरौं नाराका साथ समाजवादी अनेमसंघले मनाउने समाजवादी नेता भरत कुमारी कार्कीले जानकारी दिनुभयो ।

प्रशिक्षण कार्यक्रममा मधेश प्रदेशका प्रदेश सभा सदस्य बेची लुङ्गेली, केन्द्रिय सदस्य विभा काकी, नेताहरु सुरेन्द्र लामा, गोबिन्द अधिकारी धन बहादुर , मिक्चन,, भरत कुमार कार्की,राजन काफ्ले,राज तमाङ्ग लगायत विभिन्न व्यक्तिहरुको सहभागिता रहेको कार्यक्रमका संचालक लिलि घिसिङले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.