१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चन्द्रनगर सहित सर्लाहीका विभिन्न पालिकामा मनाइयो नारी दिवस – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

चन्द्रनगर सहित सर्लाहीका विभिन्न पालिकामा मनाइयो नारी दिवस

सर्लाही,२४ फागुन । सामाजिक न्याय र लैङिगक समानताः दिगो विकासको सुनिश्चितता भन्ने नारा सहित सर्लाहीमा धुमधामका साथ विभिन्न कार्यक्रम गरी ‘११२औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाइएको छ । हरेक वर्ष मार्च ८ का दिन मनाईदै आएको दिवस यसपटक ‘११२औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मंगलवार चन्द्रनगर गाउँपालिका सहित सर्लाहीको विभिन्न पालिकाहरुमा भव्यता साथ विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

सर्लाहीको चन्द्रनगर, पर्सा, ब्रह्म्पुरी गाउँपालिका, हरिपुर्वा, लालबन्दी, मलंगवा नगरपालिका सहित विभिन्न पालिकामा विभिन्न कार्यक्रमहरु गरी नारी दिवस मनाइएको सम्बन्धित पालिकाहरुले जनाएको छ । चन्द्रनगर गाउँपालिकामा वडा नं. २ स्थित रहेको दुर्गा खोभारी जन्ता मा.वि.को प्राङ्गनमा गाउँपालिका अध्यक्ष महेन्द्र महतोको अध्यक्षता तथा वडा नं. ५ का वडा अध्यक्ष नन्दलाल राय, वडा नं. ७ का वडा अध्यक्ष रामनारायण कुवँर,जेष्ठ नागरिक तथा महिला बालबालिका शाखाका प्रमुख, नगिना साह, राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रका प्रतिनिधिहरु लगायत गाउँपालिका भरीका कर्मचारी तथा विभिन्न व्यक्तिहरुको उपस्थितिमा वकतृत्वकला, ¥याली कार्यक्रम गरी नारी दिवस मनाइएको समाजसेवी युवा शिवनाथ राउत कहारले जानकारी दिए ।

कार्यक्रमको अवसरमा लैंङ्गिक समानताले महिला सशक्तिकरणमा खेलेको भुमिका सम्बन्धि वक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरिएको थियो । वक्तृत्वकला प्रतियोगितामा चन्द्रनगरमा ६ जना, ब्रहम्पुरीमा ५ जना र हरिपुर्वामा ६ जना विद्यालयका विद्यार्थीहरु लैंङ्गिक समानताले महिला सशक्तिकरणमा खेलेको भुमिका बारे मनतब्य राखेका थिए । वक्तृत्वकलामा सहभागी हुनेहरुलाई कापी, कलम, डट पेन, पेन्सिल, ज्योमेट्रिक बक्स र डिक्शनरी पुरुस्कार स्वरुप वितरण गरिएको थियो ।

कार्यक्रममा महिलाहरुलाई म्यूजिकल चेयर खेल पनि आयोजना गरी खेलाएको राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रका संरक्षण संयोजक नागेन्द्र प्रसाद साहले जानकारी दिए । यसैगरी महिला सशक्तिकरणमा उत्क्रिष्ठ कार्य गर्ने २० जना शिक्षिकाहरुलाई ब्रहम्पुरी गाउँपालिकाले दोसल्ला ओढाई सम्मान समेत गरेको थियो ।

राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र सर्लाहीले अष्ट्रेलियन एडको आर्थिक सहयोगमा वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल, ह्याण्डीक्याप ईन्टरनेशनल, विश्व शिक्षा नेपालको संयुक्त साझेदारीमा कार्यान्वयन हुँदै आई रहेको सिकाइ परियोजना अन्तर्गत सर्लाहीको चन्द्रनगर, पर्सा, ब्रह्म्पुरी गाउँपालिका र हरिपुर्वा नगरपालिकामा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।

यसरी मनाउन थालियो श्रमिक महिला दिवस
सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हडताल र विशाल जुलुस प्रदर्शन गरे ।
महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ ।

जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस मनाउने थिति बसालियो । जुन यद्यापि कायमै छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.