१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
मुसहर बालबालिकाहरुलाई निःशुल्क ट्युसन कक्षा – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

मुसहर बालबालिकाहरुलाई निःशुल्क ट्युसन कक्षा

प्रेमनाथ पौडेल
सर्लाही,२५ फागुन ।सर्लाहीको एक समाजसेवीले बिगत ४ वर्ष देखि मुसहर बालबालिकाहरुलाई निःशुल्क ट्युसन कक्षा दिदैँ आइरहेको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं. २ बबरगंज निवासी समाजसेवी शिवनाथ राउत कहारले वडा नं. २ बिरता बजारको मुसहरी टोलमा दलित तथा विपन्न बालबालिकाहरुलाई निःशुल्क अध्यापन गराउँदै आएको मुसहरी टोलका स्थानिय असरि देवि माझीले बताउनुभयो ।

शाररीक रुपमा अपांग भएपनि शिक्षक राउतले डेढ किलोमिटरको बाटो तय गरेर दलित बालबालिकाहरुलाई पढाउन आएको माझीले बताउनुभयो । निशुल्क ट्युसन अघि बच्चाहरु छरिएर रहेको थियो निःशुल्क ट्युसन संचालनमा आएपछि बच्चाहरु पढन सुरु गरेको माझीले बताउनुभयो । बिगत ४ वर्ष देखि आफनो छोराले निःशुल्क रुपमा शैक्षिक सामग्री पाएको माझीले बताइन ।

त्यस्तै चन्द्रनगर गाउँपालिका वडा नं. २ मा रहेको दुर्गा खोभारी जन्ता माध्यमिक विद्यालय कक्षा ६मा अध्यनरत छात्रा असलि कुमारी माझीले आफु अहिले जहाँ छु त्यो निःशुल्क ट्युसन कक्षाले गर्दा भएको बताइन । ट्युसन पढदा पढदै शिक्षाको महत्व बुझेर अगाडीको कक्षा बढने सोचले दिर्गा खोभारी मा.वि.मा नाम लेखाए अब उच्च शिक्षा पढने विचार गरेको छु छात्रा माझीले भनिन ।

यसैगरी राउतले संचालन गरेको निःशुल्क ट्युसन सेन्टर पाँचौ वर्षमा प्रवेश गरेको छ । अहिले निःशुल्क ट्युसन कक्षामा ५० जना दलित बालबालिकाहरु रहेका छन । ट्युसन चारौ वर्ष पुरा गरेर पाँचौ वर्षमा प्रवेश गरेको अवसरमा चन्द्रनगर गाउँपालिका शिक्षा शाखा प्रमुख हरिकान्त लाल कर्णले ट्युसन सेन्टरको अनुगमण गरेको छ ।

शिक्षा शाखा प्रमुख कर्णले अनुगमण निरिक्षण पश्चात समाजसेवी राउतले दलित बालबालिकालाई निःशुल्क पढाएर सराहनिय कार्य गरेको बताउनुभयो । उहाले चन्द्रनगर गाउँपालिकाले तत्कालको लागि बालबालिकाहरुलाई सरसफाईलाई मध्य नजर गर्दै ट्युसन सेन्टरलाई डिटोल साबुन, माक्स, स्यानिटाइजर दिने प्रतिबद्धता समेत गर्नुभयो ।

आफुले चन्द्रनगर लगायत विभिन्न पालिकामा विभिन्न किसिमको ट्युसन कक्षा हेरे तर यो फरक किसिमको भएको बताए । अपांगता संजालको माध्यमबाट केही गरौ शिवनाथजिको चाहना थियो तर कोभिडले केही पनि भएन। ईजिआरपी कार्यक्रम बाट निशुल्क ट्युसन पढाउने प्रावधान छ, आफु बाट हुने सक्ने हर किसिमको सहयोग गर्ने बताउनुभयो ।

यसैगरी समाजसेवी राउतले आफुलाई सानै देखि समाजसेवा गराैँ लागेको थियो त्यही अनुरुप ट्युसन सेन्टर खोलेको छु । गाउँपालिका संग ट्युसन सेन्टर को सम्बन्ध तथा संचालन होस चाहना रहेको छ। निशुल्क ट्युसन सेन्टर चारम वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरेपछि बालबालिकाहरु तथा समाजसेवी कहार लगायत अभिभावकहरुको उपस्थितिमा पाँचौ बार्षिकोत्सब समेत मनाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.