तेलको टिना भित्र लुकाएर लादैँ गरेको कोरेक्स सहित युवक पक्राउ

सर्लाही,२६ फागुन ।सर्लाहीमा प्रतिबन्धित लागु औषध कोरेक्स सहित एक युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा बागमती नगरपालिका वडा ४ प्रसाई टोल बस्ने वर्ष २२ को अभिषेक प्रसाई रहेका छन । प्रसाईको साथ बाट ९५ पिस कोरेक्स फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मलगंवा नगरपालिका वा नं.५ भाँडसर स्थित खटिएको प्रहरी गस्ती टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको बा५५प ३८६२ नम्बरको मोटरसाइकललाई.शंका लागी चेक जाँच गर्दा पसाईलाई पक्राउ गरिएको हो ।
प्रसाईले मोटरसाइकलको पछाडी राखेको तेलको टिना भित्र ९५ पिस कोरेक्स ल्याउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । नियन्त्रणमा लिएको युवक प्रसाईलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधब प्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।